डेनमार्कमा नेपालीहरुबीच भलिवल प्रतियोगीता भव्य रुपले सम्पन्न


प्रकाश ढकाल

कोपनहेगन । डेनमार्कमा बस्ने नेपाली नेपालीहरु बीच भलिबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । दोस्रो ओ. एन. एफ कप अन्तर्गत  प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गरेको उक्त प्रतियोगीता दुइ दिनसम्म चलेको थियो । खेलको उद्घाटन डेनमार्कका लागि कार्यबाहक राजदुत राम काजी खड्काले खेलाडीलाइ बल दिएर गरेका थिए । उद्घाटन खेल धौलागिरी भलिवल क्लब र डेनमार्कको डी.टी. यु. क्याम्पसका खेलाडीहरु बीच भएको थियो जसमा डी. टी. यु. ले जितेको थियो । सो खेल नेपाल र डेनमार्क बीचको मैत्रीपूर्ण खेल जस्तो बनेको थियो ।

Screen Shot 2016-07-03 at 16.32.48
पुरुषतर्फ कुल पांच टिम र महिला तर्फ कुल चार टिम सहभागी भएको खेलमा पुरुष तर्फ आयोजक ओ. एन. एफ  विजेता बनेको छ साथै युनिटी क्लब डेनमार्क उपविजेता बनेको छ । यसैगरी गतवर्षको विजेता बेल्ल्लाहोए क्लासिक तेस्रो बनेको छ। सबै खेलहरु  लिग सिस्टममा खेलाइएको र ‘इन्डोर’ खेलाइएको थियो ।

Screen Shot 2016-07-03 at 16.25.35
यसैगरी महिला तर्फको खेलमा मगर समाज डेनमार्क विजेता र क्रिएटिभ नेपलीज वुमनको टिम उपविजेता बनेका थिए । बेल्लाहोए क्लासिकको टिम तेस्रो बनेको थियो । यसैगरी सगरमाथा क्लबको महिला टिम अनुशाशित टिम बनेको थियो ।
विजेता टिमका ओ एन एफका खेलाडी ओम रानामगर उत्कृष्ट खेलाडी बनेका छन् भने महिलामा मगर समाजकी लक्ष्मी दुर्बुजा उत्कृष्ट खेलाडी बनेकी छन् । यसैगरी उत्कृष्ट स्पाइकर बेल्लाहोए क्लासिकमा कृष्ण के. सी. भए भने महिला तर्फ क्रिएटिभ वुमन टिमकी निरा थापा उत्कृष्ट स्पाइकर बनेकी छन् । उत्कृष्ट सेटरमा बेल्लाहोए क्लासिकका द्रोण बहादुर के. सी. भने भने महिला तर्फ मगर समाजकी प्रेरणा पुन उत्कृष्ट सेटर बनेकी छन् ।

Screen Shot 2016-07-03 at 16.23.14
दुइ दिन सम्म चलेको प्रतियोगीता निकै भव्य र सभ्य ठानिएको छ । खेलपछि पुरस्कार वितरण समारोह भएको थियो । विजयी सबै खेलाडीहरुलाई डेनिस संसद सोसल डेमोक्र्याटका लार्स अस्लान रामुस्सन, कार्यबाहक राजदुत  राम काजी खड्का, प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण पौडेल , खेल आयोजनाका संयोजक बिष्णु  प्रसाद पौडेल, महासचिव दीपक पाण्डे, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य  ( नविन), एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, आइ सी सी सदस्य प्रवीन प्रजापती, सोम नाथ सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Screen Shot 2016-07-03 at 16.25.11
सो अवसरमा बोल्दै डेनिस संसद रासमुस्सनले नेपाल र डेनमार्क बीच पुरानो सम्बन्ध रहेकोले डेनमार्कमा रहेको नेपाली समुदाय डेनमार्कको लागि पनि उत्तिकै महत्व रहेको बताए ।

Screen Shot 2016-07-03 at 16.29.02

रेफ्रीहरुको भूमिका सराहनीय

यसैगरी खेल संचालनमा मुख्य तथा सहायक रेफ्रीहरु तथा लाइन्सम्यानहरुको भूमिका निकै सराहनीय रहेको थियो । मुख्य रेफ्री नारायण थापा मगर रहेका थिए भने सहायक रेफ्री हेम प्रसाद अर्याल रहेका थिए ।  दुवै जनाले खेल संचालनमा निकै प्रशंसनीय भूमिका निर्वाह गरेका थिए । थापा नेपालका राष्ट्रिय रेफ्री पनि हुन् । खेल संचालनमा अन्य ३ जना स्थानिय डेनिस रेफ्रीहरु पनि रहेका थिए ।

Screen Shot 2016-07-03 at 16.30.28
सामान्यतया भलिबल खेलमा एकै किसिमको खेल खेल्ने राम्रा टिमहरु प्रतिद्वन्दीको रुपमा खेलिरहेको खण्डमा नियमलाइ लिएर बढी विवाद बढी हुने गर्दछ । तर रेफ्री द्धय थापा र अर्यालको सुझबुझले त्यस्तो समस्या आउन पाएन ।

Screen Shot 2016-07-03 at 16.28.20
बिजेता टिमका क्याप्टेन जितेन्द्र कार्कीले मेहनत अनुसार टिमले सफलता हात पारेको बताए । टिमलाई बिजयी बनाउन उनको भूमिकाको दर्शकहरुले निकै सराहनीय गरेका थिए। उनले टिम बनाउन निकै मेहनत पनि गरेका थिए । विजेता ओ एन एफका सबै खेलाडीहरुले उत्तिकै सराहनीय खेलेका थिए ।

Screen Shot 2016-07-03 at 16.26.38