जनसम्पर्क समिति नेदरल्याण्ड्सको, अधिवेशन तयारी तिब्र


शालिक गौतम/ नेदरल्याण्ड्स

नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसनको तयारी तिब्र भईरहेको छ। आगामी जुलाई १० तारिख हुने अधिबेशनको तयारी तिब्र भएको हो। अधिबेशन युरोपका काँग्रेसीहरुको उपस्थितिमा आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा मा हुन गैरहेको छ ।

प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेस पार्टि सभापति शेर बहादुर देउवालाई आमन्त्रण गरिएको भएपनि कार्य व्यस्तताका कारण केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपि साउद केन्द्रिय प्रतिनिधी तथा प्रमुख अतिथिको रुपमा आउँने भएका छन्।  यस्तै अर्का केन्द्रिय सदस्य गोविन्द भट्राईको विषेश अतिथीको रुपमा नेदरल्याण्ड्स आउने भएको जनसम्पर्क समितिका अध्यक्ष दिपक रेग्मीले जनाएका छन् ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सपन्न गर्नका लागि गठित उपसमितिहरु पनि सक्रिय रहेका छन् । नेदल्याण्ड्समा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुलाई आगामी जुलाई ३ सम्ममा साधारण सदस्यता लिनको लागि समितिका महामन्त्री तथा सदस्यता वितरण तथा नविकरण समितिका संयोजक उत्तम कंडेलले सार्वजानिक सुचना मार्फत जनाएका छन् ।

अधिवशनका लागि युरोप स्थित सवै जनसंपर्क समितिहरुलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा भै सकेको र सवै देशका जनसम्पर्क समितिका प्रतिनिधिहरु उपस्थित हुनेमा आशावादी रहेको जनसंपर्क समिति श्रोतले बताएको छ । नेदरल्याण्ड्स स्थित सवै नेपाली संघसंस्था तथा समुदायलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि पत्रचार गरिएको छ ।

कार्यक्रम कक्ष, अतिथी सत्कारका लगायत अधिवेशनका आवश्यक प्रवन्ध भैसकेको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्समा नेतृत्व गर्न आकाक्षी एकभन्दा बढी रहँदै आए पनि अझै सम्म सर्वसम्मतीमा नै नेतृत्व, निति तथा कार्यक्रमहरु बन्दै आएकाले यो पटक पनि सर्वसम्मत नेतृत्व चयन गरि संगठनको वृहत्तर हितका लागि प्रयास भैरहेको निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् ।