पोर्चुगल पाँचौ पटक युरोकप सेमिफाईनलमा प्रबेश


पेरिस/ पोल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै पोर्चुगल पाँचौ पटक युरोकप सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि सन् १९८४,२०००,२००४ र  २०१२  पनि पोर्चुगल सेमिफाईनलमा प्रबेश गरेको थियो।  सन् २००० यता भएका पाँच बटा युरो कप मध्ये चार पटक संस्करणको सेमिफाईनलमा पोर्चुगल प्रबेश गर्न सफल भएको छ। 

सन् २००४ मा युरोकपमा फाईनलमा पुगेको पोर्चुगलमा ग्रिस सँग पराजित हुँदै उपाधि चुम्न बाट चुकेको थियो। पेरिसमा जारी सन् २०१६ युरोकप सँगै पोर्चुगलको यो लगातार दोस्रो सेमिफाईनल यात्रा हो।

पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।