कर्मचारीको समस्या समाधानमा पछि नहट्ने ः महर्जन


पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख निरण महर्जनले कर्मचारीको समस्याहल गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित एसएलसी उत्तिर्ण कर्मचारीका छोराछोरीलाई सम्मान तथा बधाई कार्यक्रमका प्रमुख अतिथि महर्जनले कर्मचारीको समस्या पैदा गर्ने जो कोहीलाई पनि छोड्न नहुने बताए ।

विगत २३ वर्षदेखि करार समस्या हल गर्न गलत गर्ने जो कोहीको पनि जरैदेखि उखेल्न कर्मचारी संघ सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रमुख अतिथि महर्जनले कर्मचारीका छोराछारी सागर अधिकारी, सुनम गुरुङ, सञ्जिव भूजेल, सञ्जय भूजेल, सञ्जय केसी र बशिंका थापालाई प्रशंसा पत्रका साथ सम्मान गरेका थिए ।

इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा विभिन्न प्रजातिका विरुवा समेत रोपिएको थियो । असारे पन्ध्रको कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा हेम्जा शाखाका कार्यालय प्रमुख राकेश गोइतले रोपिएको विरुवाहरुको संरक्षण गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
इकाई समिति पोखराको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले व्यवस्थापन पक्षले कर्मचारी युनियनलाई फुटाउ र सासन गर भन्ने मान्यता बोक्ने बताउँदै संस्थानमा क्रियाशिल युनियनहरु एक भएर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

महासचिव धमलाले इकाई समिति पोखराले विगतमा खुल्ला रक्तदान, स्मारिका प्रकाशन, बृक्षरोपण जस्ता रचनात्मक र सन्देश मुलक कार्यको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरे ।

इकाई सचिव कृष्णहरि वाग्लेको सञ्चालन र कोषाध्यक्ष डिलबहादुर ढकालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार एवं निवर्तमान अध्यक्ष कृतिनाथ देवकोटाले संघको निरन्तरता दिँदै आएको कार्यक्रमले कर्मचारीमा सकारात्मक भावनाको विकास हुँदै गएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष समिर पण्डितले माना रोपेर मुरी उव्जाउने पर्वमा कर्मचारी संघले कृषि प्रधान देशको सम्मान गरेको बताए ।

कार्यक्रममा विन्ध्यवासिनी इकाईका प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख जिवनाथ ज्ञवाली, हेम्जा शाखाका लेखा प्रमुख विमला ख्वाउजू, कर्मचारी संघका केन्द्रीय सदस्यद्वय नरेन्द्रमान श्रेष्ठ, हरि अधिकारी, एमाले निकट कर्मचारी संगठनका केन्द्रीय सचिव वसन्त भण्डारी, केन्द्रीय सदस्य स्याम देवकोटा, रमेश वोहरा, संगठनका इकाई अध्यक्ष हिमेश्वर ढकाल, एमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका इकाई अध्यक्ष झलकराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

संघले कार्यालय हाताभित्र टिकामारिया, वेगमबलीया, सफलेरा र हेवीस्कस जस्ता विभिन्न प्रजाातिका विरुवा रोपण गरिएको कर्मचारी संघका इकाई सहसचिव भोजराज चापागाईले बताए ।