डेनमार्कमा नेपालीबीच भव्य भलिवल प्रतियोगीता हुँदै


महिला टिमको पनि छुट्टै भलिवल प्रतियोगीता

अहिले डेनमार्कमा नेपालीहरुबीच भलिवल खेलको रौनक देखिएको छ । यहि महिनाको  जुनको २५  र २६  गते प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गर्न लागेको भलिवल कप प्रतियोगीताको कारण पनि यो रौकन छाएको हो । नेपाली नेपाली बीच हुने यस भलिवल प्रतियोगीता निकै रोमाञ्चक हुने देखिएको छ । प्रवासमा रहंदा पनि साथि भाइ बीच यसरी बेला बेलामा खेलकुद हुनु साथै प्रतियोगीता हुनुले साथीभाई बीच पनि सुमधुर सम्बन्ध कायम राखी रहन मद्धत पुग्ने पनि देखिन्छ । गर्मी यामको मध्य समर संगै हुन लागेको प्रतियोगीताले थप रौनक ल्याउने देखिन्छ ।

Screen Shot 2016-06-24 at 15.39.38

यो प्रतियोगितामा पुरुष मात्र नभई महिला पनि सहभागी हुँदै छन । महिलाहरुको पनि छुट्टै टिम रहेको र चार टिम सहभागी हुने तय भै सकेको छ । महिलाहरुको मात्र छुट्टै प्रतियोगीता गराइने आयोजक संस्थाले जानकारी दिएको छ । यसरी महिलाहरुको पनि प्रतियोगीता संचालन हुने हुँदा खेलप्रति महिला दिदीबहिनिहरुको पनि उत्तिकै रुचि रहेको देखाउंछ ।

आयोजकले बताए अनुसार भलिवल ‘इन्डोर’ को रुपमा खेलाइने छ जसको लागि जुन उक्त दिनका शनिबार र आइतबार दुइ दिन कोपनहेगनको इल्मिगेल  नजिकै  खेल प्रतियोगीताको लागि लिइएको आयोजक संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । पौडेलले बताए अनुसार बाहिर मैदानमा खेलाउँदा वर्षा पनि हुन सक्ने भएकोले हलमा खेलाइन लागिएको हो ।

महिलाहरुको टिम सहित हाल सम्म दश टिमले सहभागी जनाउने तय भै सकेको  उपाध्यक्ष बिष्णु पौडेलले बताए । आयोजक संस्था प्रवासी मंच खेललाई मर्यादापुर्वक संचालन गर्नको लागि सहभागी प्रत्येक टिमका क्याप्टेन र मेनेजरलाई सामुहिक सहभागी गराई सल्लाह र सुझाव अनुसार खेल सन्चालन गरिने मंचका महासचिव दिपक पाण्डेले बताए ।उनले बताए अनुसार नेपाली नेपाली बीच भाइचाराको लागि पनि नेपाली समुदायमा यस्तो प्रतियोगीता आवश्यक रहेको हुन्छ ।

प्रतियोगीता आयोजना हुने थाहा भए लगत्तै नअबो को चौर तथा नअबोहेलेन को इन्डोर मौदानमा साथै भेल्वीहेलेन र रिपार्कनको इन्डोर खेल हलमा खेलाडी खेलाडी बीच टिम बनाएर प्रतिष्पर्धा पनि दिनहुँ भइरहेका छन जसका कारण खेलाडीहरु खेलमा अभ्यस्त बन्दै गएको देखिएका छन ।

अभ्यास खेल हेर्दा निकै राम्रा खेलाडीहरु डेनमार्कको नेपाली समुदायमा रहेको देखिएका छन् । जितेन्द्र कार्की, दिपेन्द्र सुवेदी, इन्द्र सुवेदी, कृष्ण के. सी., द्रोण बहादुर क्षत्री, नील थापा, आदी लगायतका निकै राम्रा खेलाडीहरु रहेको देखिएको छ । तर यी उल्लेखित सबै खेलाडीहरु छुट्टै टिम अन्तर्गत खेल्ने भएकोले खेल निकै रोचक हुने निश्चित रहेको छ ।

महिला टिमको पनि छुट्टै भलिवल प्रतियोगीता

यो पटक पनि महिला खेलाडीहरुले निकै मेहनत गर्दै अभ्यास खेल खेलिरहेका छन् । भलिवल अभ्यास गर्ने हलहरुमा महिला दिदिबहिनिहरुको उत्साह निकै देखिएकोले पछिल्लो वर्षको भन्दा यो वर्ष महिला प्रतियोगिता अझै रोचक हुने देखिन्छ । चार महिला टिमको सहभागिताले खेल हेर्न आउने महिला दिदिबहिनिहरुलाई पनि रोमाञ्चक हुने देखिएको छ ।

यसै गरी धेरै खेलाडीहरुले बताए  अनुसार जो खेलाडी जता बाट खेले पनि फरक नपर्ने र खेल जित्नको लागि भन्दा पनि सबैको लागि हेर्ने दर्शक र सहभागी सबै टिमको लागि रमाइलो र उत्साहजनक बन्नु पर्ने बताए । यसरी प्रवासमा खेलकुद प्रतियोगीता संचालन हुँदा बेला बेलामा साथीभाई बीच भेटघाट भैरहने र आपसी भाइचारा वृद्धि गर्न सघाउ पुग्ने देखिन्छ । खेलको रौनक ल्याई प्रतियोगीता आयोजना गर्ने  प्रवासी नेपाली मंच डेनमार्कलाई सबैले प्रशंशा गरेका छन् ।

भलिवल प्रतियोगीतामा निम्न टिमहरु दर्ता भएका छन् ।
महिला तर्फ:
१. क्रिएटिभ नेपलीज वुमन इन डेनमार्कको टिम
२. बेल्लाहोए क्लासिक महिला टिम
३. सगरमाथा महिला टिम
४. मगर समाज डेनमार्क टिम

पुरुष तर्फ:
१. धौलागिरी भलिवल क्लब
२. बेल्लाहोए क्लासिक टिम
३. सगरमाथा भलिवल टिम
४. युनिटी स्पोर्ट्स क्लब
५. ओ. एन. एफ. डेनमार्क टिम ( आयोजक )
६. जनसम्पर्क समिति डेनमार्क टिम