रोनाल्डोले पेनाल्टी मिस गर्दा ,पोर्चुगल समुह चरणमा नै बाहिरने खतरा


बार्सिलोना / फ्रान्समा जारी युरो कपमा पोर्चुगल समुह चरणबाट नै बाहिरने खतरा बढेको छ। पोर्चुगलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले अष्ट्रिया बिरुद्द पाएको पेनाल्टी मिस गर्दा समुह चरणबाट नै बाहिरिने खतरा बढेको हो। शनिबार राति भएको खेलमा रोनाल्डोले पेनाल्टी प्रहार गर्दा बल पोष्टमा लागि फर्केको थियो।

पहिलो पटक युरो कप खेलेको आईसल्याण्डसँग समुह चरणको पहिलो खेलमा १ -१ को बराबरीमा चित्त बुझाएको पोर्चुगलले दोस्रो खेलमा अष्ट्रिया सँग पनि बराबरीमा नै चित्त बुझाएको छ। पोर्चुगलका लागि नकआउट चरणमा प्रबेशका लागि अब हंगेरीसँगको खेलमा जित्नु पर्ने दवाब बढेको छ।

पोर्चुगल तथा रोनाल्ड़ोका सर्मथकहरु ,जारी युरो कपमा पोर्चुगलको खेल प्रर्दशनबाट निराश बनेका छन्। तर यस पटक समुह चरणमा बिजेता तथा उपबिजेता सिधै नकआउटमा चरणमा प्रबेश हुने भए पनि ग्रुपमा तेस्रो स्थान हुने टिमलाई पनि अबसर हुने हुँदा पोर्चुगलको सम्भाबना अझै कायमै छ।

६ बटा समुह मध्ये चारवटा समुहको उत्कृष्ट तेस्रो टिम पनि नकआउट चरणमा प्रबेश गर्न सक्ने अहिलेको युरो कपमा ब्यबस्था रहेको छ। बिगतमा १६ बटा टिमले युरोकपमा प्रतिस्पर्धा गर्ने भए पनि यस पटक २४ बटा टिमले प्रतिस्पर्धा गरिहेको हुँदा यस्तो अबसर प्रदान गरिएको हो।