विश्व रक्तदाता दिवसमा कलाकारले गरे रक्तदान


पोखरा । पोखरामा रगतको अभाव भैरहेका बेला विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा मंगलवार रक्तदान कार्यक्रम गरिएको छ ।

रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ७५ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी कास्की र क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको विशेष सहयोग एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कास्की र पोखरा लोक सङ्गित समुहको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । यसअघि कास्कीका एसएसपी निमित्त बाहिनीपति कृष्णभक्त ब्रम्हचार्यले प्रतिष्ठानका महासचिब घनश्याम रिजाललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घघाटन गरेका थिए ।

कार्यक्रमका एसएसपी ब्रम्हचार्यले रक्तदान गर्दा पुण्य हुने बताए । यसअघि ६८ औं पटक रक्तदान गर्ने पोखराका विक्रम उदास, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङलाई सम्मान समेत गरिएको छ ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको चौथो बायो लोक दोहोरी अवार्डवाट सर्वोत्कृष्ट दोहोरी साँझ गायकको अर्वाड प्राप्त गर्न सफल जीवन दाहाललाई सम्मान गरिएको थियो ।

त्यस्तैगरी छैटो पटकसम्म । रक्तदान कार्यक्रमको भुमिका निर्वाह गरेको भन्दै सचिव सुरेन्द्र गुरुङलाई समेत सम्मान गरेको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक गायिका हरिदेवी कोईराला, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष बामदेव ढुङाना,प्रतिष्ठान गण्डकीका संरक्षक यामबहादुर गुरङ, स्वतन्त्र पत्रकार नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रममा कलाकारहरुले विभिन्न प्रस्तुती राखेर मनोरञ्जन समेत प्रदान गरेका थिए । त्यस अवसरमा कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, जीवन दाहाल, रामजी पौडेल, केशव देवकोटा, निशा पोखरेल लगायतका कलाकारहरुले लोक तथा दोहोरी गित प्रस्तुत गरेका थिए ।

त्यसैगरी हास्यव्यङग्य कलाकार पोखरेली माग्ने बुढा युवराज भण्डारीले पनि आफ्ना प्रस्तुती राखेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले कार्यक्रम माथि प्रकाश पारेका थिए भने बरिष्ठ उपाध्यक्ष शंकर बिरही गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले कार्यक्रम संचालन गरेका थिए ।