बेलायतका लागि कार्यवाहक राजदूतमा शरदराज नियुक्त


लन्डन । सरकारले बेलायतका लागि नेपाली कार्यवाहक राजदूतमा शरदराज अरनलाई नियुक्त गरेको छ । कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो ४ बर्षे कार्यकाल पूरा गरी फर्कन लागेपछि उक्त पद खाली थियो । रिक्त पदमा सरकारले अरनलाई नियुक्त गरेको हो ।

क्षेत्रीको कार्यकाल जुन महिनाको अन्तिममा सकिदैछ । प्रस्तावित राजदूतको संसदीय सुनुवाई नभएकाले तत्कालका लागि सरकारले अरनलाई कार्यवाहक राजदूत तोकेको हो ।
लामो समयदेखि पराष्ट्र सेवाको अनुभव बटुलेका अनर अर्को साता लन्डन आइपुग्ने बताइएको छ । उनले १ जुलाइ देखि औपाचारिक रुपमा दूतावासको कार्य समाल्ने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया