क्रोएसियासँग टर्की पराजित


चिरप्रतिद्वन्द्वी टर्कीलाई पराजित गर्दै युरो कप फुटबलमा क्रोएसियाले सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा क्रोएसियाले टर्कीलाई १-० गोल अन्तरले हराएको हो । यससँगै उसले २००८ को युरोको क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

पेरिसमा भएको खेलमा लुका मोडरिचले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।उनले करिव २५ यार्ड टाढाबाट भली गोल गरेका हुन् ।

खेल सकिन करिव २० मिनेट बाँकी छँदा एम्रे मोर मैदान प्रवेश गरे । १८ वर्ष मोरलाई टर्कीको नयाँ मेस्सी उपनामले चिनिन्छ । तर, पहिलो ठूलो प्रतियोगिता खेलिरहेका मोरले पनि टर्कीको हार टार्न सकेनन् ।