साईप्रसमा आत्महत्या गरेकी अञ्जुको शव बिहिबार नेपाल पुग्दै


बार्सिलोना / तिन साता अघि साईप्रसमा आँफैले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी नेपाली युवती अञ्जु सुनुवारको शव बिहिबार नेपाल पुग्ने भएको छ।  सुनुवारको शबलाई जुन ८ तारिख साईप्रसवाट कतार एयरवाट पठाईने भए पनि जुन ९ तारिख बिहिबार राति ८ बजेर ५ मिनेट जाँदा नेपाल पुग्ने भएको हो। राहदानी नम्बर ०६९४०४४३ भएकी मृतक सुनुवारको शब  परिबारले बुझ्ने एनआरएनए साईप्रसका अध्यक्ष सुबास मल्लले जानकारी दिए।

रामेछाप प्रिती गाउँबिकास समिति बडा नम्बर ५ घर भएकी २६ बर्षिय अञ्जु सुनुवारले तिन साता अघि साईप्रसमा झुण्डीएर आत्महत्या गरेकी थिईन्। कानुनी प्रक्रिया पुरा गरेर शबलाई नेपाल पठाउँन ३ साता लागेको संघका अध्यक्ष मल्लले बताए।

cyprus

करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी अञ्जुले लिमासोलमा आत्महत्या गरेपछि उनको शबलाई नेपाल पठाउँन साईप्रस स्थित नेपाली कन्सुलरले पहल गरेको थियो।

यो पनि पढ्नुहोस् :- साईप्रसमा नेपाली युवतीले आत्महत्या गर्नुको कारण यस्तो थियो..