साथीभाइसँग ऋण सापटि लिएर पनि धुर्मुस सुन्तलीलाई सहयोग


दोहा । झापा घरभई हमाद एयरपोर्ट दोहामा कार्यरत रमेश कार्कीले साथीभाइसँग ऋण सापटि लिएर ५१ हजार रुपैयाँ धुर्मुस सुन्तलीलाई सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकको गिरानचौरमा नमुनाबस्ती बनाउन लागिपरेका धुर्मुस सुन्तलीलाई केही मात्रामा भए पनि सहयोग मिल्ने भन्दै उनले ऋण काटेर सहयोग पठाएका हुन् ।

ग्लोबल रेमिट मार्फत कृषि विकाश बैंकको त्रिपुुरेश्वर शाखामा रहेको धुुमर्ुुुस सुुन्तली फाउन्डेसनको खाता नं ०२१०६०१०३३९२००२० मा जम्मा हुुने गरी शुुक्रबार उनले उक्त रकम रेमिट गरेका हुुन् ।