रियललाई च्याम्पियन्स लिगको ११ औं कीर्तिमानी उपाधि


रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो । उसको यो ११ औं उपाधि हो ।

निर्धारित र थपिएको ३९ मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो ।

 

रामोसको विवादास्पद गोलको मद्दतले रियलले खेलको १५ औं मिनेटमा नै अग्रता लिएको थियो । तर, खेल सकिन ११ मिनेट बाँकी छँदा अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका यानिक कारास्कोले गोल गर्दै खेललाई १—१ को बराबरीमा ल्याए ।

खेलको शुरुवातमा निकै राम्रो पकड बनाएको रियलमाथि पहिलो गोलपछि एथ्लेटिको हाबी देखिन्थ्यो । एथ्लेटिकोले रियलमाथि निरन्तर दबाब राखे पनि पहिलो हाफमा उल्लेख्य आक्रमण गर्न सकने ।

 

तर, पेपेले फर्नान्डो टोरेसलाई लडाएपछि एथ्लेटिकोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्नबाट एन्टोनी ग्रिजमान चुके । त्यसपछि पनि एथ्लेटिकोले निरन्तर रियलको पोष्टमा आक्रमण गरिराख्यो ।

उता, गेराथ बेलको प्रहार पनि गोललाइनबाट डिफेन्डरले जोगाए । त्यसको केही मिनेटमा नै एथ्लेटिकोले बराबरी गोल फर्कायो । थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जसमा रियल भाग्यमानी ठहरियो

उपाधिसँगै रियलका प्रशिक्षक जिनेदिन जिदान खेलाडी र प्रशिक्षकका रुपमा च्याम्पियन्स लिग जित्नेहरुको सिमित सूचीमा थपिएका छन् । उनले सन् २००२ मा रियलबाटै खेल्दै च्याम्पिन्स लिग जितेका थिए । यता, कुनै समय ला लिगा र च्याम्पियन्स लिग जित्ने दुवै सम्भावना बोकेको डिएगो सिमिओनीको टोली भने उपाधिविहिन बनेको छ ।champions-league-final-7champions-league-final-1champions-league-final-4champions-league-final-2champions-league-final-6champions-league-final-3

तपाईको प्रतिक्रिया