धुर्मुस सुन्तलीलाई सहयोगको लहर बढ्दो, सिटी एक्सप्रेसद्वारा १५ लाख प्रदान


सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘गिरान्चौर एकीकृत नमूना वस्ती’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई रकम हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै अभियान्ता धुर्मुसले सिटी एक्सप्रेसको सहयोग गरिानचौरको पुनर्निर्माणका लागि महत्वपूर्ण भएको भन्दै धन्यवाद दिए । उनले त्यहाँ बस्ने नयाँ वस्ती वातावरणमैत्री हुने भन्दै अभियानका लागि अहिलेसम्म ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए ।

यसैबीच कार्यक्रममा लोक गायक भगवान भण्डारीले फाउण्डेशनका लागि ५१ हजार रुपैयाँ हस्तातरण गरे ।