प्रबासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा पौडेल


बार्सिलोना / प्रबासी नेपाली मञ्च पोर्चुगलको चौथो अधिबेशनले गोविन्द पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आईतबार लिस्बनमा सम्पन्न अधिबेशनले पौडेललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।

यस्तै कार्यसमितिको बरिष्ट उपाध्यक्षमा रोबर्ट लिम्बु, उपाध्यक्षहरु प्रेम नेपाली,बलराम पौडेल,महासचिवमा निराजन सुवेदी,सचिवहरु निर्मला ढकाल,मदन लिम्बु,रामहरी घिमिरे, भुपेन्द्र सुवेदी,मणि रत्न लामा र कोषाध्यक्षमा तुलसी राम थपलिया निर्बाचित भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरुमा बिकास जङ कुवर,बिष्णु  प्रसाद सुवेदी, खेम हमाल, ऋगेन्द्र गिरी, शुशिला थापा,सरला तिम्सिना, बिमल नेपाली, सुरेश पुन,राज कुमार श्रेष्ठ  चयन भएका छन्। यस्तै पोर्चुगलका बिभिन्न क्षेत्रहरुबाट समेत मञ्चले प्रतिनिधिहरु चयन गरेको छ। चौथो अधिबेशनबाट  युरोप प्रतिनिधिको रुपमा नवीन गिरी सर्बसम्मत बनेका छन्।

अधिबेशनलाई प्रमुख अतिथिको रुपमा एमाले केन्द्रिय कमिटी सदस्य एबम युरोप इन्चार्ज राम कुमारी झाक्रीले सम्बोधन गरेकी थिईन्। यस्तै कार्यक्रममा पोर्चुगलका लागि नेपाली कन्सुलर मकर हमाल,एआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, प्रबासी नेपाली मञ्च जर्मनीका सस्थापक अध्यक्ष सन्तोष भट्टराई लगायत पोर्चुगल स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।