नृत्य र गायनमा को बन्ला, युरोपमै उत्कृष्ट ? (फोटोफिचर सहित)


बार्सिलोना  / युरोपभरका प्रतिभावान नेपाली कलाकारहरु आईतबार स्बिजरल्याण्डको बासेलमा प्रतिस्पर्धामा भिडिरहेका छन्। युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा युरोपभरका प्रतिभावान कलाकारहरु एउटै मञ्चमा आफ्नो प्रतिभा पस्किरहेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय कार्यक्रमले अहिले स्विट्जरल्याण्ड संगीतमय बनीरहेको छ।कार्यक्रममा युरोपका बिभिन्न मुलुकहरुबाट कलाकारहरुले सहभागिता जनाउँदै प्रतिस्पर्धा गरिरहेका छन्।

ईनास ग्लोबल मिडिया कमिटीका संयोजक प्रकाश तिवारीका अनुसार अहिले गायन तर्फ कलाकारहरु प्रतिस्पर्धा गरिरहेका छन्। गायन लगत्तै नृत्य तर्फ कलाकारहरुले प्रतिस्पर्धा गर्ने तिवारीले जानकारी दिए। गायन तर्फको निर्याणक मण्डलका चर्चित गायिका शर्मिला बर्देवा रहेकी छन्। बेलायत देखि स्बिजरल्याण्ड पुगेर गायिका बर्देवाले कार्यक्रमलाई रोचक बनाएकी हुन्। गायिका बर्देवाको टिममा राधी क्षेत्री र सनम कुमार बैराग पनि रहेका छन्। v“इनास युरोप नेपाली डानसिङ्ग स्टार २०१६” को उपाधि बिजेताले ७ सय १ युरो नगद पुरस्कार पाउनेछ । त्यस्तै उपबिजेता र तेस्रो हुनेले क्रमसः ५ सय र ३ सय युरो पाउनेछन् । साथै गायन प्रतियोगिता “इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१६” को पनि पनि बिजेता, उपबिजेता र तेस्रो हुनेले सोही अनुपातमा नगद पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र सहभागिता जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा स्विटजरल्याण्डका लागि नेपालका राजदूत  दीपक धिताल,  बिशेष अतिथि गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, संघका उपाध्यक्ष कुमार पन्त, गैर आवासीय नेपाली संघका सल्लाहकार पुष्प थापा,स्बिजरल्याण्डका आईसीसी सदस्य डा. बिनय श्रेष्ठ ,आईसीसी सदस्य संगीता मरहट्टा,एनआरएन स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ लगायतको उपस्थिति रहेको छ।

ईनास युरोप संयोजक अर्जुन काफ्लेको अध्यक्षतामा चलीरहेको कार्यक्रममा ईनास ग्लोबल अध्यक्ष पुष्प बरुवाल,ईनासका सल्लाहकार शिखर खडका र विजय मोक्त्तान लगायत राष्ट्रिय समन्वय परिषदका ईनास प्रतिनिधिहरु पनि सहभागी छन्।

स्विटजरल्याण्डका गायक सुभाष सुन्दास र संगितकार रामु परियार, नेदरल्याण्डका अर्पण पोकरेर र छोसाङ, साथै ईटलीका दिपेन्द्र भण्डारीले आफ्ना सुमधुर गीतहरु प्रस्तुत गर्दै स्बिजरल्याण्डलाई संगीतमय बनाएका छन्।  कार्यक्रमको संचालन स्विटजरल्याण्डका गुणराज शर्मा र बेल्जियमका सोफिया महर्जनले गरिरहेका छन्।

सबै प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरे पछि आज नै युरोपले नृत्य र गायन तर्फकै उत्कृष्ट नेपाली प्रतिभा पाउँने भएको छ। 20160515_145230DSC_016320160515_15452613241632_10206597597322732_749309312_o13224985_10206597853049125_1498195379_o13223526_10206598014173153_285081345_o