ईनासको चौथो युरोपियन क्षेत्रीय बैठक सम्पन्न


बासेल/ अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को  चौथो युरोपेली क्षेत्रिय बैठक सम्पन्न भएको छ। स्विट्जरल्याण्डको बासेलमा शनिबार, युरोप स्थित ईनासका राष्ट्रिय समन्वय परिषदका गतिबिधिहरु प्रस्तुत गर्दै क्षेत्रिय बैठक सम्पन्न भएको हो।

ईनास ग्लोबल अध्यक्ष पुष्प बरुवालले प्रमुख अतिथिको रुपमा बोल्दै उत्कृष्ठ कामगर्ने ईनासका राष्ट्रिय समितिहरुलाई अर्को बर्ष देखि पुरस्कृत गर्ने घोषणा गरे। बैठकमा युरोप स्थित बिभिन्न देशहरुबाट ईनासका प्रतिनिधिहरुले भाग लिएका थिए।

ईनास स्विट्जरल्याण्डका अध्यक्ष धनसिंङको अध्यक्षतामा सम्पन्न बैठकमा ईनास ग्लोबलका वरीष्ठ उपाध्यक्ष कमला दाहल र मित्रलाल पार्दे, ईनास युरोपका संयोजक अर्जुन काफ्ले, एनआरएनएका आईसीसी सल्लाहकार एवं ईनास अनुगम उच्च समितिका संयोजक पुष्प थापा, स्विट्जरल्याण्डका आईसीसी सदस्य डा. विनय श्रेष्ठ, आईसीसी सदस्य संगीता मरहट्टा,एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ लगायत ईनास प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन ईनास ग्लोबलका मिडिया कमिटीका संयोजक प्रकाश तिवारीले गरेका थिए।

आईतबार युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा युरोपभरका प्रतिभावान कलाकारहरुले स्बिजरल्याण्डलाई संगीतमय बनाउँदै छन्। कार्यक्रममा एनआरएन अभियन्ताहरुको समेत बाक्लो उपस्थिति रहने भएको छ।

SONY DSC