प्लास्टिक झोला बेच्ने, किन्ने र फोहोर फ्याक्नेलाई ठाँउको ठाँउ कारवाही


कृष्ण रानाभाट/पोखरा ।

पोखरा उपमहानगरपालिकाले २९ वटा वडामध्ये २७ वटालाई प्लास्टिक झोला र गिलासलाई निषेधित क्षेत्र घोषणा गरिसकेको र बाँकी रहेका वडामा पनि छिट्टै घोषणा गरेर पोखरालाई प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गर्ने बताउँदै नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले निषेधित कार्य गर्नेलाई ठाँउको ठाउँ १५ हजारदेखि ५० हजारसम्म कारबाही गर्न सकिने बताए ।IMG_20160514_144714

उनलेे पोखराका ७ र ९ वडालाई बाताबरण मैत्री घोषणा गरे पछि आमा समूह र टोल बिकास संस्थाको समन्वयमा बाँकी वडामा कार्यक्रम गरिने पनि बताएका थिए ।

साथै सो अबसरमा सार्बजनिक जग्गा संस्थागत गिरोहले मिच्ने प्रवृत्ति बढ्दै गरेकोले हरेक नागरिकले सार्बजनिक जग्गाको संरक्षण गर्नुपर्ने बताए ।

घरमा निस्कने फोहोरबाट कम्पोस्टिङ मल उत्पादन गरि बाताबरणलाई स्वच्छ बनाउन जनचेतना अभिबृद्धी गराउने कार्यक्रमको समापन कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन् ।

हेरालो प्रतिस्ठान कास्कीको आयोजना, पोउमनपा बाताबरण शाखाको आर्थिक सहयोग र टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ७ र ९ को ब्यबस्थापनमा पोखराका विभिन्न ६ स्थानमा तालीम दिईएको थियो ।

तालिम हेरालो प्रतिस्ठान कास्कीका अध्यक्ष रोस गुरुङ र उपाध्यक्ष गणेश बराइलीले प्रशिक्षण दिएका छन् ।

पोखरा ७ मा बैशाख १३ टुरिष्ट बसपार्कमा, १४ गते रुपाकोट तमु समाज घरमा, १६ गते ढाँड आमा समुहको भवनमा र १७ गते मासबार आमा समुहको भवनमा प्रशिक्षण दिइएको थियो ।

त्यसै गरि वडा नं. ९ मा बैशाख २९ गते सामुदायिक भवन पृथ्वीचोक, ३१ गते पार्बती टोलको भवनमा, ३० र जेष्ठ १ गते नयाँ बजारको तमु समाज घरमा तालिम दिइएको थियोे ।

७ दिनसम्म दिइएको तालिममा ३५ टोल र ३० आमा समुहका ६५० जना सदस्यहरुको सहभागिता रहेको तथा शिबकुमार बराल, पुजा शाह, गणेश बराईली, बाबुराम बराल र धनराज पुरीले कार्यक्रम संयोजनमा महत्त्वपूर्ण कार्य गरेका हेरालो प्रतिस्ठानकि सदस्य पुजा शाहले जानकारी दिइन ।

तालिम समापन कार्यक्रममा बाताबरण शाखा प्रमुख निर्मलमान सिं भण्डारी, वडा सचिव लोकदर्शन कोइराला, नगर समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्री, बाताबरण अनुगमन तथा मुल्यांकन शाखा प्रमुख हरि न्यौपाने, वडा नं. ७ का टोबिस समन्वयका अध्यक्ष राममोहन आचार्य, नागरिक मञ्चकि अध्यक्ष प्रभा पन्त, सामाजिक परिचालक कमला बास्तोला, वडा नं. ९ को महिला समन्वय समितिकि अध्यक्ष दिलमाया गुरुङ, शान्ति घाट आमा समुहकी अध्यक्ष निरु रानाभाट, सहभागी सरस्वती श्रेष्ठ, पत्रकार कृष्ण रानाभाटलगाएतले बाताबरण र सरसफाइ सम्बन्धमा बोलेका थिए ।

टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नं. ७ का समन्वयमा अध्यक्ष राममोहन आचार्यले र संचालन पोखरा ९ का सामाजिक परिचालक भावना श्रेष्ठले गरेकी थिइन ।