नेपाली फुटबलर बिमल घर्तीमगर बेल्जियममा,युरोपमा अवसर खोज्दै


बार्सिलोना / युरोपमा अबसरको खोजी गर्दै राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर बेल्जियम बेल्जियम आईपुगेका छन्। युरोपमा फुटबल खेलेर देशको नाम रोशन गर्ने सपना बुनेका घर्तीमगर शुक्रबार बेल्जियम आईपुगेका हुन्।
युरोप आउँनु दुई दिन अघि घर्तिमगरले आफ्नो फेसबुक पेजमा लेखेका थिए ” युरोपमा अवसर खोज्दै बेल्जियम जादै छु । आशा गर्द छु देश को नाम राख्ने छु ।”

घर्तीमगरको थप उपचार हुने

नेपाली भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुददेखि लिगामेन्टको चोट झेलिरहेका राष्ट्रिय स्ट्राइकर घर्तीमगरले थप उपचारका बेल्जियममा गर्ने भएका छन्। साग गेम्सको फुटवल तर्फ सेमिफाइनलमा माल्दिभ्स बिरुद्धको खेलमा स्ट्राइकर बिमलको बायाँ खुट्टामा चोट लागेको थियो ।

त्यस प्रतियोगिताको फाइनलमा उनले भारतबिरुद्ध पेन किलर लिएर खेलेका थिए । त्यसयता लिगामेन्टको चोट झेलिरहेका उनको उपचार राष्ट्रिय टोलीका फिजियो सुरज भुसालले गरिरहेका थिए ।

स्तरीय उपचारका लागि एजेन्ट रिगार्ड लुईसको संयोजनमा बेल्जियम हुने बताईएको छ। लिगामेन्टको उपचारमा लाग्ने सम्पूर्ण खर्च सहित आबाजजावात खर्च समेत उनै एजेन्टले व्यहोर्ने भएका छन्। साग लगत्तै स्पेनको एकेडेमी क्लवले प्रशिक्षण तथा ट्रायलका लागि बोलाउँदा विमल चोटकै कारण जान सकेका थिएनन् ।

बेल्जियममा उपचार गरेपछि उनले युरोपकै क्लवहरुबाट फुटबल खेल्ने संभावना छ । उनका एजेन्टले प्रशिक्षण तथा व्यवसायिक फुटबलका लागि पनि कुरा गरिरहेका छन् ।