स्वतन्त्र पत्रकार संघ कास्कीको भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान


पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव बर्ष २०७३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ ।

उक्त कार्यक्रममा भित्तेपात्रोको लोकार्पण गर्दै केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सरकारले पत्रकार र सन्चार माध्यमका समस्यालाई उचित सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रीय दैनिकका पत्रकार र कर्मचारीको मात्रै न्युनतम मासिक तलब तोकेकोले न्यायोचित नभएको बताए ।
IMG_20160506_155447
आदर्श समाज दैनिकका प्रधान सम्पादक समेत रहेका अध्यक्ष बास्तोलाले साप्ताहिक पत्रीका, रेडियो र अनलाइन मिडियामा कार्यरत पत्रकार र कर्मचारीलाई पनि सरकारले समेट्नु पर्ने बताए ।

कार्यक्रममा बिबिसी नेपाली सेवाका पोखरा सम्बादाता तथा संस्थाका सल्लाहकार नारायण कार्कीले राजनीतिले सबै क्षेत्रमा असर गरेको यो समयमा स्वतन्त्र रूपमा कलम चलाउने पत्रकारका धेरै चुनौतीहरु रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा हिमचुली एफएमका स्टेसन म्यानेजर दिलिप राई, नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक उमाकान्त शर्मालगाएतले पत्रकारहरु राजनैतिक दलको झन्डा मुनी बसेर पत्रकारिता गरेको कारण यस क्षेत्रमा धेरै बिकृति देखा परेको बताए ।

सो कार्यक्रममा भित्तेपात्रो प्रकाशन उप समितिका संयोजक तिलक थापाले बिज्ञापनदाता लगाएत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संस्थाका अध्यक्ष बिरेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पदमराज उदासीले स्वागत र सचीव कृष्ण रानाभाटले संचालन गरेका थिए ।