मिरा राईले स्पेनमा मात्रै तिन ठुला सिरिजमा भाग लिदै


बार्सिलोना / अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज २०१५ की उपविजेता मीरा राई स्पेन आउँदै छन्। ७ मे मा हुने ७५ किमिको ट्रान्स–भुल्कानिया सिरिजमा भाग लिन राई स्पेन आउँन लागेकी हुन्। स्पेनको ला पालमा भन्ने ठाउँमा प्रतियोगिता हुँदै छ। सन् २०१६ मा मिराले यो सँगै स्पेनमा मात्र ३ बटा सिरिजहरुमा भाग लिने भएकी छन्।

२४ सेप्टेम्बारमा १ सय १० किमिको स्पेनमा हुने अल्ट्रा पिरिनेउमा पनि राईको भाग लिने योजना छ। गत बर्ष उनले सो प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिईन्। उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् ।

‘थ्री पिक्स’मा दोस्रो

यसैबीच अल्ट्राधाविका राई ३७.४ किलोमिटरको बेलायतमा भएको ‘थ्री पिक्स’ दोस्रो स्थानमा हासिल गरेकी छन्।  शनिबार इंग्ल्याण्डमा सम्पन्न २३ माइल अर्थात ३७.४ किलोमिटरको दौडमा नेपाली चेली मिराले दोस्रो स्थान हासिल गरेकी हुन ।

उच्च पहाडी क्षेत्रको अधिकांश हिउँ र आइस भएको स्थानमा भएको दौडमा मिराले सबै प्रतिस्पर्धीलाई पछि पारेपनि घरेलु खेलाडी ३७ बर्षीया भिक्टोरिया विलकिन्सनसँग भने ९ मिनेट ८ सेकेण्डले पछि परिन् ।

भिक्टोरियाले निर्धारित दूरी ३ घण्टा २६ मिनेट ४७ सेकेण्डमा पूरा गरेकी थिइन् भने मिराले सोही दूरी पूरा गर्न ३ घण्टा, ३५ मिनेट ५५ सेकेण्ड लगाइन् ।

प्रतियोगिताको पुरुषतर्फको उपाधि भने स्वीस खेलाडी लुयन्स्टेइनले जितेका छन् । ३५ बर्षीय स्वीस डेन्टिस मार्कले निर्धारित दूरी २ घण्टा ४८ मिनेट ५८ सेकेण्डमा पूरा गरे ।