एक्स आर्मी पब्लिक उच्च माविमा उद्घोषण तालिम


मोहन मुन/नेपालीनेपालीडटकम

पोखरा १७ बिरौटा पाल्पाली मार्ग स्थित एक्स आर्मी पब्लिक उच्च मा.विले शुक्रवारीय कार्यक्रम अन्तर्गत यहि वैशाख १७ गते शुक्रवार बिद्यार्थीको व्यक्तित्व बिकाशका लागी उद्घोषण तालिम सम्पन्न भएकोछ।

तालिममा कम्पास लाईफ सेन्टरका कार्यक्रम संयोजक भक्त रसाईली र रेडियो सम्बृद्ध नेपाल ९२.६ मेगाहर्जमा कार्यरत कार्यक्रम प्रस्तोता एवंम प्राविधिक सन्तोषी सुनारले उद्घोषण कलाको बारेमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

बिद्यालयका कक्षा ८, ९ र १० का करिब ७५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।unnamed-28