युवा पत्रकार सुर्यकुमार क्षेत्री रहेनन्,अब सम्झनामा मात्रै


युवा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ। ब्रेन ट्युमरको समस्या देखिएका क्षेत्रीको माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा बिहीबार राति उपचारकै क्रममा निधन भएको हो।ब्रेन ट्युमर भएपछि डेढ वर्षदेखि पत्रकार क्षेत्री उपचाररत थिए।

लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिव समेत हुन् । यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो। ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो ।

स्याङजा निवासी क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् । क्षेत्रीको शुक्रबार काठमाडौंमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ । यसैबीच नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।