स्पेनबाट सहयोग पुगे पछि चितवनको श्रीपुर माविमा कम्युटर कक्ष निर्माण


बार्सिलोना, चितवन समाज स्पेन तथा भेरासोल हाउजिंग कम्पनी पोखराले बिद्यालयमा कम्प्युटर कक्ष निर्माणका लागि संयुक्त रुपमा सहयोग गरेका छन्। चितवन जिल्लामा अवस्थित श्रीपुर माध्यामिक बिद्यालयको कम्प्युटर कक्ष निर्माणका लागि सहयोग प्रदान गरेका हुन्।

समाजले २५ हजार रुपैयाँ र भेरसोल हाउजिङ्ग कम्पनी २५ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँको सहयोग प्रदान पछि कम्युटर कक्ष तयार भएको समाजका अध्यक्ष प्रकाश तिमिल्सिनाले जानकारी दिए।सहयोग प्राप्त भए पछि बिद्यालयको कम्प्युटर कक्षमा आबश्यक रंग रोगन डेकोरेसन तथा फर्निचिङ्ग बिद्यालयले पुरा गरेको छ।

यसैबीच एक बिद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कम्प्युटर कक्षको उद्घाटन गरेको छ। कार्यक्रममा भेरासोल कम्पनीका संचालक पुष्पराज तिमिल्सिना तथा चितवन समाजको तर्फबाट कृतिनाथ उपाध्याय र महा प्रसाद पाण्डे सहभागी बनेका थिए।