पोखरामा आयशर ब्राण्डका गाडीहरुको सर्भिस सेन्टर


पोखरा । भारतको भी ई कमर्सियल भेईकल्स लिमिटेड (भीईसिभी, ईन्डिया)ले पोखरामा आयशर गाडीको वर्कशप (सर्भिस सेन्टर) संचालनमा ल्याउने भएको छ । received_1177955515561729

आयशर ब्राण्डका गाडीहरुलाई सुलभ सेवा दिनका लागि ईस्टर्न मोटर्स प्रालिले यो सर्भिस सेन्टर पोखरामा स्थापना गरेको हो ।

२०१६ मा दाङको तुलसीपुरमा पहिलोपटक कम्पनीको वर्कशप स्थापना गरेको कम्पनीले नेपालको हकमा पोखरामा दोस्रो वर्कशप संचालनमा ल्याउन लागेको हो । नेपालका अन्य २२ वटा शहरमा आयशर कम्पनीको स्पेयर पार्टस् पाउनुका साथै अन्य सेवा केन्द्र स्थापना गरेको छ ।
received_1177955588895055

आयशर ब्राण्डका बस र ट्रकहरुको अहिले नेपाली बजारमा निकै माग छ । बजार मागसँगै आयशर ब्राण्डका बस र ट्रकहरु नेपाली बजारमा थुप्रै मात्रामा गुडिरहेकोले कम्पनीले ग्राहकको सुविधाका लागि पोखरामा सर्भिस सेन्टर संचालनमा ल्याउन लागेको हो ।

वर्कशप संचालनको बारेमा जानकारी दिँदै भीईसिभीका एक्जिक्यूटिभ भाईस प्रेसिडेन्ट पि रविशंकरले भने–‘नेपाल हाम्रो कम्पनीको महत्वपूर्ण बजार हो । र, यो बजार अझै विस्तारित हुँदैछ । हामी नेपालमा आयशर ब्राण्डलाई स्थापित बनाउन पाउँदा निकै खुशि पनि छौँ । आयशर ब्राण्डका ट्रक तथा बसहरु निकै सुलभ, ईन्धनमैत्री, आकर्षक र बलियो भएकोले ग्राहकहरु यसतर्फ आकर्षित भैरहेका छन् । हाम्रो कम्पनीले बजार माग अनुसारको आयशर कम्पनीका बस तथा ट्रकहरु सँधै उपलब्ध गराउँदै जानेछ । र, ग्राहकहरुको साथमा रहनेछ ।’

पोखराका व्यावसायी धर्मराज अधिकारीले मंगलबार सर्भिस् सेन्टरको उद्घाटनको क्रममा आयशर गाडी निकै भरपर्दो गाडी भएको बताए । उनी आफैले पनि आयशर ब्राण्डका गाडीहरु प्रयोग गरेको उल्लेख गर्दै यो नेपाली बजारको लागि अति उपयुक्त भएको प्रतिक्रिया दिए ।

सोहि क्रममा कम्पनीबाट आएका अर्का प्रतिनीधि संजीव महाजनले पनि बोलेका थिए । त्यस्तै आयशर ब्राण्डको प्रो सेरिजका गाडीहरुको बारेमा भिडियो सामाग्री पनि देखाईएको थियो ।

नेपालका लागि आयशर ब्राण्डका बस तथा ट्रकको बजारिकरणको जिम्मा ईस्टर्न मोटर्स प्रालिले लिएको छ । जुन नेपालको चिरपरिचित पुरानो बिजनेश हाउस पनि हो । आनन्दराज वताश यो कम्पनीका अध्यक्ष हुन् । पोखरामा आयशर ब्राण्डको डिलर अटोवेजले लिएको छ । जुन नारायण पौडेलको नेतृत्वमा संचालित छ । अटोवेजमा लामो समयदेखि यातायात व्यवसायमा अनुभव भएका जानकार र व्यावसायिक समुह कार्यरत छ ।

आयशर ब्राण्डका ट्रक र बसहरु नेपालमा आउन थालेको दुई दशकभन्दा बढि भैसक्यो । यसले नेपाली बजारमा आफ्नो फरक पहिचानसहित बलियो उपस्थिती जनाईसकेको छ । आयशरले नेपालका लागि पहिलो बिएस थ्री मापदण्डको गाडीहरु उपलब्ध गराईरहेको छ । जुन यूरो थ्री मापदण्ड सरह नै हो । यो ब्राण्डमा कम्पनीले लाईट, हेभी ट्रकहरु र बसहरु उपलब्ध गराउँदै आएको छ । यो ब्राण्डका गाडिहरु खासमा ईन्धनमैत्री र सुलभ भएका कारण बढि चर्चित छन् ।

आयशर ब्राण्डका ट्रक र बसहरु भारतबाट २५ वटा मुलुकमा विक्रि हुँदै आएको छ । साउथ एशिया, मिडल ईस्ट, अफ्रिका आयशर ब्राण्डका ट्रक र बसहरुको प्रमुख बजारहरु हुन् ।