को आउंदै छन् डेनमार्कको लागि नयाँ नेपाली राजदुत ?


प्रकाश ढकाल

कोपनहेगन । सरकारले हालै एक्काइस देशको लागि एकै पटक राजदुतहरु सिफारिस गर्दा डेनमार्कको लागि पनि गरेको छ ।  सरकारले सिफारिस गरेका डेनमार्कको लागि नयाँ राजदुतमा युव नाथ लम्साल रहेका छन् । उनी पेशाले पत्रकार पनि हुन् र हाल ‘द राइजिङ्ग नेपाल’का सम्पादक पनि हुन् ।

पर्वत स्थायी घर भएका लम्साल माओवादी कोटाबाट राजदुत बन्न लागेको स्रोतले बताएको छ । हाल प्रचण्डको नजिकका मानिएका लंसाल कुनै समय एमाले समर्थक पत्रकार हरुको संस्था प्रेस चौतारीका संस्थापक महासचिव पनि हुन् ।

तस्वीरमा राजदुतमा सिफारिस परेका लम्साल

राजदुतमा सिफारिस परे पनि राजदुत नियुक्त हुन अझै केहि समय लाग्ने देखिएको छ । संसदीय सुनुवाई हुन समय लाग्ने र सो  भइसकेपछि नेपाल सरकारले स्विकृतीको लागि डेनिस सरकार समक्ष अग्रिमो पठाउने र अग्रिमो  स्विकृती भएर आएपछि बल्ल सरकारले नियुक्त गरेर डेनमार्क पठाउने छ ।