अनेसास कास्की च्याप्टरमा दुर्गा शाह बाबा


पोखरा । गीतकार तथा साहित्यकार दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा सात सदस्यीय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कास्की च्याप्टर गठन भएको छ ।

च्याप्टरको उपाध्यक्षमा देवेन्द्रबहादुर केसी, सचिवमा असफल गौतम र कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन् । यसैगरी च्याप्टरमा प्रा.डा. कुसुमाकर न्यौपाने, तीर्थराज अधिकारी, तारा पाखे, कृष्ण रानाभाट सारथी, सागर शाह र कल्याण पन्त रहेका छन् ।

२०७२ पुसमा सम्पन्न भेलाले दुर्गाबहादुर शाह बाबाको संयोजकत्वमा कास्की च्याप्टरको तदर्थ समिति गठन गरेको थियो । यही माघ ४ मा सम्पन्न तदर्थ समितिको बैठकले कास्की च्याप्टरमा शाहको अध्यक्षतामा नयाँ कार्य समिति गठन थियो ।

च्याप्टरले फागुन २ गते अनेसास केन्द्रीय समितिको प्रावधान अनुसार प्रति सदस्य १०० डलर सदस्यता शुल्क तिरेर च्याप्टरलाई विधिवत दर्ता गरेको सो अवसरमा संस्थाका सचिव असफल गौतमले जानकारी गराए ।

यसैबीच च्याप्टरले नयाँ वर्ष २०७३को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना कार्यक्रममा नेपाली सेनाका कर्णेल टुक मल्ल, समाजसेवी गोमा ढकाल, सरस्वती अधिकारी संस्थाका सदस्य कल्याण पन्त, कृष्ण रानाभाट सारथी, सागर शाहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका उपाध्यक्ष देवेन्द्रबहादुर केसीले संगतको प्रभावलाई आफु साधनामा लागेको बताउँदै साहित्य साधनाले हरेक व्यक्तिलाई सभ्य समाज निर्माणमा सघाउ पु¥याउने बताए ।

संस्थाका कोषाध्यक्ष दुर्गा न्यौपानेले संस्थागत कार्यका लागि आर्थिक पारदर्शिताका लागि खाता सञ्चालन गरी कारोबार गर्नुपर्ने कुरामा जोड दिइन् । दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा समपन्न कार्यक्रममा संस्थाका सचिव असफल गौतमले सञ्चालन गरेका थिए ।