नेपाली जनप्रगतिशिल मञ्च स्पेनको सूचना


सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा अभिबादन !!

हार्दिक अनुरोध !!!

गत बर्ष बैशाख १२ र २९ का दिन हाम्रो देश र हामी नेपालीहरुले एउटा प्रकृतिको रौद्ररुप विनासकारी भुकम्पको सामना गर्नुपर्यो । हाम्रा आमा, बुवा, दाजु भाई, दिदि बहिनिहरुले अकालमा ज्यान गुमाउनु पर्यो । तसर्थ हाम्रो संगठन नेपाली जनप्रगतिशिल मंच स्पेनले यहि आउदो बैशाख १२,२०७३ ( आइतबार २४ अप्रिल २०१६ ) गतेका दिन भुकम्पबाट ज्यान गुमाउनु हुने हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनी हरुको सम्झनामा दिप प्रज्वलन सहित श्रदान्जली सभा आयोजना गर्न गैरहेको हुँदा सम्पूर्ण स्पेनबासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

मिति – १२ बैशाख, २०७३ ( २४ अप्रिल २०१६ )
स्थान – हिमाली रेस्टुरेन्ट ( Calle Mila i Fontanals, 60 , 08012, Barcelona ) Metro L4 Jonic
समय – दिनको ठिक ४.३० बजे ।

अर्जुन आचार्य
महासचिब
नेपाली जनप्रगतिशिल मंच, स्पेन