क्षेत्रीय समिति म्याड्रिडले नयाँ बर्ष बिशेष कार्यक्रम गर्दै


बार्सिलोना/ एनआरएनए स्पेन क्षेत्रीय समिति म्याड्रिडले नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको। समितिले आउँदो अप्रिल १० तारिख म्याड्रिडमा कार्यक्रमको आयोजना गर्न लागेको हो।

क्षेत्रीय समितिका अध्यक्ष रोशन पाठकले शुभकामना आदान-प्रदान, नृत्य तथा गायन प्रस्तुती,हास्य-व्यंग्य तथा सम्मान कार्यक्रम समेत रहेको जानकारी दिए। पाठकले नेपाली नयाँ बर्षलाई सँग सँगै मिलेर बनाउँने भन्दै कार्यक्रममा सहभागी बन्न स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।

कार्यक्रम बारे पूर्ण जानकारी,
मिती :- अप्रिल १० तारिख (चैत्र २८ गते)
समय :- दिउँसो ४:३० बजे
स्थान :- Calle de Trafalgar 6
metro bilbao (L1 – L4, salida:- trafalgar pares)

 

कार्यक्रम गर्ने स्थान
कार्यक्रम गर्ने स्थान

996995_992982937442723_2760023370333633877_n 

तपाईको प्रतिक्रिया