ब्रसल्स हमला पछि बेल्जियमका नेपालीहरु के भन्छन् ?( अडियो अन्तर्वार्ता)


बार्सिलोना/ बेल्जियमको राजधानी ब्रसल्समा भएका तीन विष्फोटन परी सर्बसाधारणले ज्यान गुमाएका छन्। जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थल र मालबेक मेट्रो स्टेशनमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी सर्बसाधारणहरुले ज्यान गुमाएका हुन्।

बेल्जियमको ब्रसेल्सस्थित बिमानस्थल र भूमिगत रेलमार्गमा मंगलबार बिहान भएको बिष्फोटबाट नेपाली समुदाय भने सुरक्षित रहेको गैरआवासीय नेपाली संघले जनाएको छ । तर पनि केहि त्रासदीको बाताबरण भने यथाबत नै रहेको बेल्जियम स्थित नेपालीहरु बताउँछन्।

घटना बारे थप जानकारी लिन नेपालीनेपाली डटकमले बेल्जियम निबासी गैर आबासीय नेपाली संघका केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ युरोप शाखाका निबर्तमान अध्यक्ष महेश थापासँग अडियो अन्तर्वार्ता गरेको छ।

घटना पछि बेल्जियममा रहेका नेपालीहरुको अबस्था कस्तो छ ? बसन्त रानाभाटले गरेको अडियो अन्तर्वार्ता सुन्नुहोस्।