होली आयो होली आयो (मुक्तक)


चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो
बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो
जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली
सद्भाव भाईचाराको बन्द ढोका खोली आयो

– मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
मंगल्सैन ४ अछाम हाल- फुजैराह यूएई