अस्ट्रेलियामा बिद्यार्थीको लागि एक करोडको अक्षयकोष बनाउँने


एनआरएन अस्ट्रेलियाको आयोजनामा रास्ट्रव्यापी ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ । प्रवासमा बढ्दै गरेको नेपाली प्रवासी विधार्थी हरुलार्इ लक्षित गरि उक्त कार्यक्रम आयोजना गर्न लगिएको हो । अस्ट्रेलियाको सिड्नी, मेल्वर्न, व्रिस्बेन र पर्थमा क्रमिक रुपमा एकै खाले कार्यक्रम हुदैछ ।

एक करोड बराबर नेपाली रकमको संकलनार्थ यस कार्यक्रम हुने र उक्त अक्षयकोष एनआरएन अस्ट्रेलियाको संचयकोषमा राखिने भएको छ। भविस्यमा विधार्थी हरुको हक, हित मा र उनीहरुको शैक्षिक उन्नति एवम उनीहरुलाई पर्न सक्ने सवै खाले समस्या समधानका लागि कोषबाट खर्च गरिने बताईएको छ।

एनआरएन अस्ट्रेलियाले समुदायको हक हितका लागि भनेर यस आगि नै करिव १ लाख अस्ट्रेलियन डलरको सोसल वेलफेयर फन्ड वनाई सकेको छ, उक्त कोष मार्फत अस्ट्रेलियामा रहेको हरेक नेपालीको समस्यामा आर्थिक रुपमा सहयोग गर्दै आएको छ।