महयात्रा फिनल्याण्डमा पनि


– श्रवण खनाल

हेल्सिन्कि/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक साँझको आयोजना गर्दैछ। ख्यातिप्राप्त हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य लगायतको टोलीको मह-यात्रा राजधानी हेल्सिन्किमा हुन लागेको हो। युरोप टुरमा आउँन लागेका महजोडीको प्रस्तुती नेपाली नयाँ बर्षको उपलक्ष्यमा आउँदो अप्रील १० तारिख हुन लागेको संघले जनाएको छ।

संघ स्थापना भएको ७ बर्षमा ख्यातिप्राप्त कलाकारहरु सहित स्थानीय प्रतिभाहरुको प्रस्तुति रहने नयाँ बर्ष बिशेष रहने कार्यक्रमको टिकट बिक्री सुरु भईसकेको छ।मह जोडीको उपस्थितिमा कार्यक्रम गराउनु एनआरएनए फिन्ल्याण्डका लागि अवसर र चूनौति दुबै रहेको छ।

मार्च ३० सम्म टिकट लिँदा पारिवारिक तथा समुहगत टिकटका लागि बिशेश छुटको ब्यवस्था रहेको आयोजकले जनाएको छ। कार्यक्रमबाट बचत भएको रकम बिभिन्न सामाजिक कार्यमा खर्च गरिने हुँदा उपस्थित भएर कार्यक्रम सफल पार्न संघले अनुरोध गरेको छ।

महजोडीको साथमा नरेन्द्र कंसकार,मोहित आचार्य,माण्डवी त्रिपाठी,यमन श्रेष्ठ सहितका कलाकारहरु मह- यात्रा सहित युरोपका बिभिन्न मुलुकहरुमा कार्यक्रम गर्दैछन्।