रसियाका ग्लेव, प्याराग्लाईडीङ प्रि–वल्र्ड कप च्याम्पियन


दिननाथ बराल
पोखरा/ रसियाका ग्लेव सुखोत्सकीले पर्यटकीय नगरी पोखरामा आज (शनिबार) सम्पन्न भएको १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि आफ्नो पोल्टामा पारेका छन ।

फागुन १५ गतेबाट पोखरामा सुरु भएको प्रतियोगितमा उनले करीब ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन । पाँच दिनको टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि आफ्नो कव्जामा पार्न सफल भएका हुन ।

भारतका अजय कुमार शर्मा उपविजेता भए । उनले ५ दिनको टाक्समा ३ हजार २ सय ८५ अंक ल्याएका हुन । शर्माको ग्लेव भन्दा २९ अंक कम हो । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले ३ हजार २ सय ४१ अंक जोडे ।

त्यसै गरी महिला तर्फ भएको प्याराग्लाईडिङ प्रतियोगितामा कोरीयाकी युन हि कीम प्रथम भएकी छन । ५ दिनको टाक्समा उनले २ हजार ५ सय ५१ अंक ल्याउदै उपाधि आफ्नो पोल्टामा पारेकी हुन । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंक ल्याउदै दोश्रो स्थानमा रहिन। काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।

त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्य विशाल श्रेष्ठ प्रथम भएका छन । उनले ५ दिनको टाक्समा ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन । २ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो स्थान हासिल गर्न सफल भए । २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजन भने तेश्रो स्थानमा रहेका छन । त्यसै गरी स्पोर्टस क्लासमा विशाल थापा प्रथम, रविन गुरुङ दोश्रो र अनिस भट्टराइ तेश्रो भए । त्यसै गरी नेपाली वेष्ट डेव्युमा शेर बहादुर गुरुङ र शंकर गुरुङ घोषित भए । समुहमा उत्कृष्ट क्रिमिया भयो भने दोश्रो युक्रेनको टीम र तेश्रो रसियनको टिम भएको छ ।

खुल्लामा विजेतालाइ ४० हजार, उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो । अन्य ईभेण्टमा विजेतालाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो स्थान हासिल गरेकालाई जनहि १० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो ।

प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगिताको अवधिमा शनिबार अभ्यास खेल, एक दिन टाक्स रद्ध गर्नु पर्यो भने एक दिन खराव मौसमका कारण ८ जना प्याराग्लाईडीङ पाईलटहरु फेवातालमा खस्न पुग्दा सकुसल उद्धार गरीयो ।

शनिबार रिर्जव दिनको रुपमा राखिएको भए पनि अघिल्ला ५ दिनको टाक्सको आधारमा प्राप्त समय भएकोले शनिबार औपचारीक समापन भएको हो । उक्त प्रतियोगिता पोखरामा केहि दिन खराव मौसमका बावजुत पनि सम्पन्न भएकोले आगामी बर्ष पोखरामा प्याराग्लाईडीङको वल्र्ड कप संचालन गर्न सकिने भएको प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले धन्यवाद दिएका छन ।

प्रतियोगिताको अवधिमा एक दिन मौसम खराब हुदा ८ जना पाईलटलाई फेवातालमा खस्न पुगेका उनीहरुलाई तत्काल उद्धार गरेकोमा सुरक्षा निकाय तथा स्थानीय डुंगा व्यसायीहरुलाई सम्मान गरीएको थियो ।

विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईराला, सशस्त्र प्रहरीका डिआईजी नरेन्द्र सिंह, नेपाल राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका सदस्य गोविन्दराज पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, वल्र्ड कपका प्रतिनिधि एन मार्टीन, नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासुदेव त्रिपाठी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष हिरु पुन लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईरालाले पोखराको पर्यटन प्रवद्र्धन गर्न यस प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको बताउदै भूकम्पबाट प्रभावित नेपालको पर्यटन क्षेत्र सुरक्षित भएको सन्देस समेत प्रवाह भएको जनाए । उनले पोखराको पर्यटन र फेवातालको संरक्षण गर्ने तयारी स्वरुप गृहकार्य सुरु गरेको समेत जनाए ।

ना का अध्यक्ष योगेश भट्टराईले भूकम्प र नाकावन्दीको वावजुत पनि आफुहरुले आयोजना गरेको प्रतियोगितालाई सवैले साथ दिएको कारणले सफल भएको भन्दै प्रतियोगिता सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगितामा नेपाली २० सहित ८० प्याराग्लाइडिङ पाईलटले सहभागिता जनाएका थिए ।

५ जना महिला सहित ७५ जना २६ राष्ट्रका पार्यलटहरु सहभागि भएका थिए । प्रतियोगिता अवधिभर पोखरामा व्यवसायीक कुनै पनि कम्पनीहरुबाट प्याराग्लाईडीङ नभएको ना का उपाध्यक्ष सोवित वानियाले बताए ।