पत्रकार महासंघ युरोप शाखाले स्मारिका निकाल्दै


बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोप शाखाले बिनाशकारी भूकम्प जाँदा सहयोग गर्ने संघ सँस्थाहरुको तथ्यगत बिबरणलाई समेटेर स्मारिका प्रकाशित गर्ने भएको छ। यूरोपक्षेत्र अन्तर्गत गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरु, बिभिन्न राजनैतिक,क्षेत्रीय, जातीय,सामाजिक संघसंस्थाहरू, वा ब्यक्तिगत तथा सामुहिक तवरले उठाएको रकमको बितरणलाई समाबेश गर्दै शाखाले स्मारिका प्रकाशित गर्न लागेको हो।

बिभिन्न संघ सँस्थाहरुको गरेको सहयोग एबम पारदर्शिताको दस्ताबेजको रुपमा स्मारिका प्रकाशन गर्ने उदेश्य रहेको शाखाले जनाएको छ। शाखाले प्रकाशन गर्न लागेको स्मारिकामा ब्यक्तिगत वा संस्थागत रुपमा समसामयिक लेख तथा बिज्ञापन उपलब्ध गराई सहयोग पुर्याउँन अनुरोध गरिएको छ।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालले सुचना जारी गर्दै स्मारिका प्रकाशनमा सहयोग पुर्याउँन युरोप स्थित नेपाली समुदायलाई बिशेष अनुरोध गरेका छन्।