पत्रकार नवीन पोखरेललाई साहित्य पुरस्कार


लन्डन/ नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल साहित्य पुरस्कारबाट सम्मानित हुने भएका छन् । विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय पोखरेललाई बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले ‘नेपाली साहित्य सिल्भर मेडल’ प्रदान गर्ने भएको हो । पुरस्कार स्वरुप चाँदीको पदक नेपाली नयाँ वर्षमा प्रदान गरिने छ ।

बेलायतमा रहेर करिब एक दसकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं सम्वद्र्धन गरेवापत पुरस्कार प्रदान गर्ने निर्णय भएको परिषदले जनाएको छ ।

यसैगरि, परिषदले विगत चार दसकभन्दा बढी समयदेखि दर्जनौं कृति प्रकाशन गरि नेपाली साहित्यमा अनवरत लागेका कवि गोपाल पराजुलीलाई स्वर्ण पदक प्रदान गर्ने भएको छ ।