कास्की समाज पोर्चुगलको अधिवेशन तयारी पुरा


लिस्बन / कास्की समाज पोर्तुगलको शनिबार हुने अधिबेशनको तयारी पुरा भएको छ। अधिबेशन तयारी समितिका अध्यक्ष नबिन गिरीले अधिबेशनका लागि आबश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। 

अधिबेशन पोर्तुगलको राजधानी लिस्बनमा शनिवार ३.०० बजेबाट शुरु हुनेछ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने अधिबेशनले नया नेतृत्व समेत चयन गर्ने छ।

नेपालको कास्की जिल्लाबाट पोर्तुगल आई बसोबास गरेका कस्केलीहरुको सस्था समाजले पोर्तुगलमा रही बिभिन्न किसिमले सेवा गर्दै आएका बिशिस्ठ व्यक्तिहरुलाई सम्मान समेत गर्ने बताइएको छ।