सेफ किड्सको दोश्रो दिक्षान्त समारोह सम्पन्न


कृष्ण रानाभाट∕पोखरा
पोखरा ९ दरबारथोकमा रहेको सेफ किड्स प्रि स्कुलको दोश्रो दिक्षान्त समारोह शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रा.डा. दिलबहादुर क्षेत्रीले गरेका थिए।

क्लिला वालवच्चालाई जिम्मा लिएर एक असल नागरिक वनाउने लक्ष्य लिएको प्रि स्कुलको कदमको प्रशंसा गर्दै वालवालिकाको पहिलो विद्यालय घर भन्ने मान्यता रहेकोमा अव प्रिस्कुलमा नै घरको वातावरण पाउने भएकोले त्यो मान्यता क्रमश हराउँदै जाने वताए साथै उनले प्रिस्कुलका अभिभावकहरुसंग सल्लाह गरेर अक्षयकोष स्थापना गरी गरिबका छोराछोरीलाई मन्टेश्वरी शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न समेत आग्रह गरे।unnamed-13विशेष अतिथि नगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले वालवालिकाको नाममा ठगि गर्ने प्रवृति बढेकोमा चिन्ता व्यक्त गर्दै नाफामुखीमात्र नभई कम्तिमा १० प्रतिशत कल्याणमुखी हुन आग्रह गरे। वडा सचिव लोकदर्शन कोईरालाले वालवालिका अभिभावक उनिहरुका बाबु आमाका मात्र नभई समाज र देशका गहना हुन भनेर सबै वालवालिकाको शिक्षा र स्वाथ्यमा सहयोग गरी समाजलाई वालमैत्री बनाउनु पर्ने वताउँदै सरकारले वालवालिकाको नाममा छुट्टाएको वजेट पनि खर्च हुन नसकेर अन्यत्र गएको वताए।

सो अवसरमा उक्त स्कुलको पढाई सकेर दिक्षा प्राप्त गरेका पाँच जना बिशिका काफ्ले, आयुक गुरुङ, ईडिना गोतामे, सम्वोध धाख्वा र निशिता पौडेललाई प्रमुख अतिथि क्षेत्रीले दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए।

unnamed-15त्यसै गरि कार्यक्रममा वालवालिकाहरुले साँस्कृतिक प्रस्तुति गर्नुका साथै शिक्षिकाहरु संरचना राई, देवकी भूजेल, रितु गुरुङ, बिनिता गुरुङ, अम्बिका कुँवर र रमिला गुरुङलाई सम्मान गर्दै वर्ष भरी उत्कृष्ठ कार्य गर्ने सृष्टि थापामगर, राखी थापा मगर र केदार कुँवरलाई प्रशंषा पत्र प्रदान गरिएको थियो।

सेफ किड्स प्रिस्कुलका प्रमुख कार्याकारी अधिकृत टेकमान प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल नारायणी कोईराला, अभिभावकहरु वन्दना शाक्य र केशव काफ्ले, संचारकर्मी रिता पालिखे लगाएतले वोलेका थिए।

unnamed-11