म्याग्दी जिल्ला अस्पतालका लागि मोना बेल्जियमको सहयोग


बेल्जियम/ म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम ) ले रगत परिक्षण गर्न प्रयोग हुने सिविश हेमाटोलोजी एनलाईजर मेसिन किन्न सहयोग गरेको छ। जिल्ला अस्पताल म्याग्दीमा मेसिनका लागि ३ लाख ६० हजार रुपैयाँ मंगलबार एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो।

यस बर्षको तिहारमा देउसी भैली खेलर संकलन भएको रकम मध्येबाट अस्पतालमा उपकरण किन्न सहयोग गरेको मोना बेल्जियमले जनाएको छ। बिभिन्न कार्यक्रमहरु गर्दै संकलित भएको रकमबाट मोनाले, जिल्लामा बिभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ।

12743610_1085695168139683_5220015088479590008_nमोना बेल्जियमले,हरेक बर्ष आफ्नो वार्षिकउत्सब तथा नेपाली नयाँ बर्षको अबसरमा नृत्य प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ। उक्त कार्यक्रम गत बर्ष भुकम्प पीडितको सहयोगार्थ गरिएको थियो भने यस बर्ष म्याग्दी जिल्लालाई फ्री विफी जिल्ला बनाउने अभियान सहयोगार्थ गरिने संस्थापक अध्यक्ष शिव कुमार बरुवालले बताए।

यही अप्रिल ३ तारिकमा मोना बेल्जियमले रकम संकलनका लागि नेपालबाट कलाकारहरु बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने तयारी समेत गरेको जनाएको छ।