प्रेम दिबस” भ्यालेनटाईन डे


– शाेभराज पाैडेल

“भ्यालेनटाईन डे” अर्थात प्रेम दिबस वच्चा देखी वयस्क ले अापसमा प्रेमरुपी शब्द तथा चिनाे काे अादान-प्रदान गरी मनाउने दिन। पश्चिमिली संस्कृतीकाे प्रभाब अनि बिश्वब्यापीकरणले गर्दा नेपाली समाजमा पनि प्रेम दिवसलाई उच्च प्रथामिकताता साथ हेरीन्छ। विशेषगरी युवा पिंढी (टिनयजर्स) मा भ्यालेनटाईन डे को वेग्लै आकर्षक अनि महत्व रहेकाे पाईन्छ।

चर्चित अंग्रेजी कबि “राेजर म्याकगफ” काे “भ्यालेनटाईनी” कवितामा प्रेमलाई बेग्लै तरीकाले प्रस्तुत गरेकाे पाईन्छ।उनका अनुसार,”प्रेम त्यस्ताे चीज हैन जसलाई भाैतीक रुपमा प्रस्तुत गर्न सकियाेस”। यहाँ मैले उनै कविकाे कबितालाई प्रस्तुत गरेकाे छु। उनि भन्छन,,,
यदी म मुर्तिकार भएकाे भए,तिम्राे मुर्ति ढुङ्गामा कुदिदीन्थे,
यदी म अस्थी (हार्ड) चिकित्सक हुँदाे हुँ त,अाँफै हार्डकाे काम गरीदिन्थे।
तर म सामान्य मान्छे हुँ, मेराे मायाँ तिमिलाई दिन्छु,
तिमीले मेराे मायाँलाई खुट्टाकाे पैतालामा राखेपनी,,अफसाेच छैन!!!!

यसरी मायाँ प्रेम भन्ने चिज न त कुनै बस्तु दिएर हुने हाे, न त शब्दमा ब्यक्त गर्ने कुरा नै हाे । याे त केवल मन बाट हुने कुरा हाे।सामाजीक सञ्जालमा पनी प्रेम दिवसले मुख्य स्थान पाउँछ। माया प्रेमलाई विभिन्न तरीकाले प्रस्टाेक्ती गर्ने गरीन्छ। “प्रेम लेख्ने शब्द हैन,एउटा अनुभुति मात्र हाे”।

- शाेभराज पाैडेल
– शाेभराज पाैडेल

याे शास्वत सत्य कुरा हाे कि, प्रेमलाई भाैतिक रुपमा प्रस्तुत गर्न असम्भब छ। यस अर्थ ‘म्टरयालीस्टीक’ प्रेम,प्रेम हैन झुठाे वास्तबिकता हाे।
वर्षमा ३६५ दिन हुन्छ।प्रेम गर्नलाई भ्यालेनटाईन नै किन कुर्नु पर्छ र भन्दा एउटा साथीले जवाफ दिनुभयाे,किन हाे किन हाे “भ्यालेनटाईन डे” मा छुट्टै अान्नद अाँउछ। युवा पिंढि ले “भ्यालेनटाईन डे” लाई अलि बढी नै महत्व दिएकाे पाईन्छ। यसले गर्दा पश्चिमेली संस्कृती अर्थात प्रेम दिवसकाे प्रभाव बढिनै परेकाे हाेकि भन्ने अाभास हुन्छ।

प्रेमलाई नकारात्मक रुपमा बुझ्दा कहिले काँही यस्ले गंभीर संकट पनि ल्याउँछ । संबन्धमा उतार चढाब अाउदा,कहिलेकाँही प्रेमले डरलाग्दाे रुपमा पनि लिन सक्छ,अर्थात मानिसकाे जीवन पनी बर्बाद बनाइदिन्छ। प्रेमले गर्दा समाजमा अात्महत्या,बलात्कार,सम्बन्ध बिच्छेद जस्ता घट्ना घट्ने गरेकाे पाईन्छ। यी माथीका प्रेमका परिभाषा र प्रेमका कारणले सिर्जना भएका घट्नाले गर्दा प्रेम कसैका लागी अभिसापकाे रुपमा खडा भएकाे छ।

अन्त्यमा म के अनुराेध गर्न चाहान्छु भने,अादरणीय चेतनसील प्रेमी जाेडीहरु,यदि तपाईहरु कसैसँग प्रेम गर्नुहुन्छ भने सकारात्मक साेच बाेकेर प्रेम गर्नुहोस्। यस अर्थमा प्रेम भनेकाे सकारात्मक साेचाई वा पाेजेटिभ थिङ्किङ हाे। मेराे भन्नु यती मात्र हाे कि प्रेम कसैकाे जीवनमा मृत्युकाे कारण नबनाेस,तथा प्रेमलाई भाैतिक बस्तु साटासाट गरेर हैन सकारात्मक साेच बाेकेर गर्नुहोस्।