जनसम्पर्क समिति स्पेनले छान्यो, महाधिवेशन प्रतिनिधि


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली कांग्रेसको१३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको चयन गरेको छ । समितिका अध्यक्ष शालिक राम डुम्रे सँगै , पुर्ब अध्यक्षहरु एकराज गिरी र चिन्तामणी सापकोटा महासमिति सदस्यमा छनोट भएका छन्।

यस्तै पुष्प राज भण्डारी, बिष्णु रिजाल,सन्तोष श्रेष्ठ र अर्जुन काफ्ले महाधिवेशन प्रतिनिधिमा सर्बसम्मत चयन भएका छन्। शनिबार बार्सिलोनामा बसेको कार्यसमितिको बैठकले प्रतिनिधिहरुको टुङ्गो लगाएको हो।

महामिति सदस्यका लागि अध्यक्ष डुम्रे स्वत: रहने ब्यबस्था भए पनि अन्य दुई जनाको लागि भने निर्बाचन भएको महामन्त्री राजु थापाले जानकारी दिए। पुर्ब अध्यक्षहरु पुष्प राज भण्डारी,एकराज गिरी र चिन्तामणी सापकोटा बीचको प्रतिस्पर्धामा गिरी र सापकोटा महासमिति सदस्यमा निर्बाचित भएका छन्।

निर्बाचनमा कार्यसमितिका सदस्यहरुले मतदान गरेका थिए। समितिले अध्यक्ष डुम्रेको संयोजकत्वमा राजु थापा र बिदुर गौतमलाई सदस्य राख्दै निर्बाचन समिति समेत गठन गरेको थियो।संस्थापन र देउवा पक्षको गुटबन्धी राजनीति स्पेनका कांग्रेसीहरुमा खासै नदेखिएको भए पनि, छनोट भएका मध्ये ६ जना प्रतिनिधिहरु भने देउवाको पक्षमा उभिन सक्ने सम्भावना रहेको, स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया