ट्रेनको लिकमा हामफालेर,वाग्लुङका कँडेलद्वारा आत्महत्या


टोकियो/ जापानमा डिपेण्डेन्ट भिषामा रहेका एक नेपालीले विहिवार अपरान्ह टोकियो स्थित ट्रेनको लिकमा हामफालेर आत्महत्या गरेका छन । वाग्लुङ जिल्लाको गल्कोट काँडेवास ९का २१ वर्षिया ओमकार कँडेलले अपरान्हको समयमा द्रुत गतिमा रहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेका हुन ।

टोकियो ओमोरी खाईदान स्टेशनमा द्रुत गतिमा रहेको केक्युलाईनमा एक्कासी हामफालेका कारण उनको घटनास्थलमै मृत्यु भएको जापान प्रहरीले जनाएको छ । परिवारसंगै कामतामा वस्दै आएका कँडेलका बुवा टोपलाल कुक भिषामा कार्यरत छन । आफनो भाईलाई आत्महत्या गर्नुको कारण सहितको चिठी छोडेका उनले केही दिनयता आफना पुराना साथीहरुसंग भेटघाट गरेको परिवार स्रोतले जनाएको छ ।

सुसाईड नोटमा भाईलाई सम्वोधन गर्दै कँडेलले -‘भाई अवि मेरो आज अन्तिम दिन हो कहिल्यै नफर्कने गरि टाढाँ जादैछु। कसैप्रति गुनासो छैन । म आफनै कारण जिवनबाट विदा लिदैछु ।’ भनेका छन ।

kandel-300x240यसै बीच मृतक कँडेलको मेगुरो कु फुतागावा स्टेसन किरीगाया साईज्योमा सोमबार दिउँसो ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको निधनप्रति समवेदना प्रकट गर्नका लागि ईच्छुक महानुभाव, आफन्तजन र संघ संस्थाका प्रतिनिधिहरुलाई सोमबार २:३० लागी मेगुरो कु फुतागावा स्टेसनमा उपस्थिति हुन अनुरोध गरिएको छ ।