भियतनामी युवतीको राहदानीमा अर्कै ब्यक्ति उडे पछि..


भियतनामी एक युवतीको राहदानी प्रयोग गरी त्रिभुवन विमानस्थलबाट अर्के व्यक्ति उडेकी छिन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। भियतनामी नागरिक ले थि किमतुको राहदानीमा उडेको व्यक्ति को थियो भन्ने बारेमा विमानस्थल अध्यागमन कार्यालय र प्रहरी बेखबर छ।

पुस २७ गते भियतनामी युवतीका नाममा अर्के व्यक्ति उडेको थाहा पाएपछि विमानस्थल प्रहरी र अध्यागमनका कर्मचारी र थाइ एयरका कर्मचारी तनावमा रहेको स्रोतले बताएको छ। मितुबी २४५५५७९ नम्बरको राहदानीबाट अर्के व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारी र प्रहरीभूमिकामाथि प्रश्न उठेको छ।

त्यसैगरी अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने थाइ एयरका कर्मचारीले समेत सेटिङ गरेको आशंका छ।