प्रबासको सहयोगमा,बागलुङका स्कुलमा धमाधम ई-लाईब्रेरी बन्दै


बार्सिलोना / प्रबासमा रहेका पुर्ब बिद्यार्थीहरु तथा शुभ चिन्तकहरुको सहयोगमा बागलुङ जिल्लामा रहेका स्कुलहरुमा धमाधम ई- लाईब्रेरी बन्ने क्रम बढेको छ। लेखानीस्थित लेखानी उ.मा.बि, बिहुंकोटस्थित भीमशेन उ.मा.बि, र अम्बर उ.मा.बि.मा एकै चोटी ई -लाईब्रेरी बनाउँने सम्झौता भए पछि,यो क्रम बढेको देखिएको हो।

तीनै उच्च माबिका प्रधानध्यापकहरुको उपस्थितिमा, नेपाल लाईब्रेरी फाउन्डेसनका निर्देशक यज्ञराज भट्टले पुस्तकालय स्थापनार्थ सम्झौता गरेका छन्। डिल्लिबजार स्थित कार्यलयमा आईतबार बिद्यालयहरु सँग भएको सम्झौतामा फाउन्डेसनका महासचिब भोलानाथ शर्माको समेत उपस्थिति रहेको थियो।

एक महिना भित्रमा नै ई-लाईब्रेरी सञ्चालनमा ल्याई सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता भएका बिद्यालयहरुमा लाईब्रेरी स्थापनाको लागि, फाउन्डेसनका युरोप संयोजक तथा एनआरएनए लाईब्रेरी,कार्यदलका संयोजक सोम सापकोटाले पनि बिशेष पहल गर्ने भएका छन्।

तिनै बटा बिद्यालयमा लाईब्रेरी स्थापना गर्नका लागि बिहुंकोट गाबिस घर भई हाल जापानमा बस्दै आएका पुर्ब बिद्यार्थीहरु हरिशंकर सुबेदी, डि.पि. कंडेल, रिशिराम कंडेल, अनन्त रिजाल, केशब कंडेल, यमकान्त कंडेल, प्रेम कंडेल,नारायण कंडेल, शालिकराम सुबेदी लगायतले प्रबासमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटाउँने भएका छन्।

तपाईको प्रतिक्रिया