उपाधि जित्ने खेलाडीले ७-७ लाख पाउने


विजेता नेपाली फुटबलरहरुले जनही ७ लाख पाउने काठमाडौं । २३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले टीमका प्रत्येक सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको हो । यसैगरी राष्ट्रिय खेलकुद परिषदले च्याम्पियन टोलीका खेलाडीलाई जनही २ लाख दिने बताएको छ ।