‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा डा.महत लण्डनमा सम्मानित


लन्डन । बेलायतबाट प्रकाशित हुने प्रख्यात फाइनान्सीयल टाइम्सको सह—प्रकाशन दी बैंकरले आफ्नो ९० औं वार्षिकोत्वसको अवसर पारेर नेपालका पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई सम्मान गरेको छ। पत्रिकाले ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा महतलाई लन्डनमा सम्मान गरेको हो।१४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री अवार्ड प्रदान गर्दै आएको बैंकरले डा महतलाई समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो ।

मंगलवार आयोजित सो कार्यक्रममा, बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, समाजसेवी राघव धिताल, नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङ, गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्व आर्दश पण्डित लगायतको उपस्थिती थियो ।12596231_10153271386303639_1593726690_n