दनदनी बलेको आगोबाट घोडा दौडाउँने स्पेनमा अनौठो पर्व (भिडियो हेर्नुहोस्)


म्याड्रिड/ नेपालमा जस्तै थुप्रै कला संस्कृति चाडबाडले भरिपूर्ण भएको देश हो स्पेन। यहाँ अनौठा किसिम पर्बहरु हुन्छन् र यिनीहरुको आफ्नै आस्था र धेरै धार्मिक बिश्वास रहेको पाईन्छ।

यहाँ एउटा यस्तै ५ सय बर्ष देखि मान्दै आएको जनबिश्वास रहेको छ। सेन्ट एन्थोनिको जन्मदिनको उपलक्ष्यमा राति ‘लुमिनारियास’ नामक पर्व हुन्छ जसमा घोडसवारहरुले आफ्नो घोडालाई साँघुरो ढुंगा छापेको घोडेटो बाटोबाट दौडाउँदै दनदनी बलेको आगोबाट वारपार गराउँछन् ।यसो गर्दा आँफूले पालेको जनावरहरुमा भएका सबै दोष हट्ने जनविश्वस रहेको छ । स्पेनको राजधानी म्याड्रिडबाट उत्तर–पश्चिममा पर्ने सान बारटोलोमे डे पिनारेस भन्ने गाँउमा यस्तो रोचक धार्मिक आस्था राखिन्छ।