स्पेनबाट रेष्टुरेण्टमा जम्मा भएको पैसाले, भूकम्प पीडितलाई कम्बल बितरण


– प्रकाश तिवारी
स्पेनको कोष्टाब्लान्का स्थित नेपाली स्वामित्वमा रहेको रोयल बुद्ध तन्दुरी रेष्टुरेष्टमा राखिएकोे डोनेसन बक्समा जम्मा भएको पैसाले सिन्धुपाल्चोकमा भूकम्प पीडितलाई कम्बल वितरण गरिएको छ ।चिसोको कारण पिडितहरुलाई समस्या भईरहेको बेला कम्बल बितरण गरिएको हो। शनिबार सिन्धुपाल्चोकको बाडेगाउँ गाविसको वडा नं. २ र ५ का झण्डैं ६ दर्जन घरका भूकम्प पीडितलाई ६५ कम्बल वितरण गरिएको छ।

गत बैशाख १२ गते भूकम्प र त्यसपछिका ठूला पराकम्पहरुका कारण आफन्त र घरबार गुमाएका पीडितहरुका लागि सहयोग गर्न स्पेनको कोष्टाब्लान्का स्थित मोराइरा भन्ने ठाउँमा रेष्टुरेष्ट सञ्चालन गरिरहेका राजन थापाले रेष्टुरेण्टमा आउने ग्राहकहरुका लागि डोनेसन बक्स राखेका थिए । जसमा रोयल बुद्ध तन्दुरी रेष्टुरेन्टमा आउने ग्राहकहरुले आफ्नो इच्छाअनुसार सहयोग गरेका थिए ।

unnamed-62चिसोका बेला तातो नपाएर भूकम्प पीडितहरु मृत्युको शिकार भइरहेका बेला उक्त सहयोग उपलब्ध गराउन पाउँदा आफूलाई खुशी लागेको रेष्टुरेण्टका सञ्चालक थापाले बताए । “हामीले जम्मा गरेको उक्त रकमले विपन्न गाउँका केही मानिसहरुले ओढ्नका लागि तातो लुगा पाए”उनले  भने,।  रेष्टुरेण्टमा आउने ग्राहकहरुले गरेको सहयोग उल्लेखनीय रहेको पनि थापाले बताए।

कम्बल वितरण कार्यक्रमको संयोजन स्थानीय समाजसेवी गोपालप्रसाद कोइरालाले गरेका थिए । कोइरालाले राहात उपलब्ध गराएकोमा रेष्टुरेन्ट रोयल बुद्ध तन्दुरीलाई धन्यवाद दिए ।

कोइरालाका अनुसार भूकम्पका कारण गाविसका अधिकांश घर ध्वस्त भएका थिए भने १६० जनाको ज्यान गएको थियो । बाँडेगाँउमा १,१६० परिवार भूमक्पबाट प्रत्यक्ष रुपमा प्रभावित छन् ।