कोपेनहेगनमा देखाईयो कबड्डी कबड्डी


बार्सिलोना /नेपाली चलचित्र कबड्डी कबड्डी डेनमार्कको राजधानी कोपनहेगनमा प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्कले गत २७ डिसेम्बर दिन चलचित्रको प्रदर्शन गरेको हो। दयाहाङ राई.सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनित सफल मानिएको चलचित्र डेनमार्कबासी नेपालीहरुले पनि मन पराएका छन्।

चलचित्र हेर्ने दर्शकहरुको निकै ठूलो भिड लागेको थियो र खचाखच भरिएको हलमा प्रदर्शन गरिएको ईनास डेनमार्ककी उपाध्यक्ष देवश्री कोइरालाले जानकारी दिईन्।रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

ईनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर, ग्लोबल समितिका सदस्य राजमान तामाङ्, इभेन्ट को-अर्डिनेटर रबिन्द्र खड्का र प्रवक्ता हरि न्यौपाने लगायतका सबै पदाधिकारीहरुले चलचित्र प्रदर्शनी सफल भएकोमा खुसी ब्यक्त गरे । चलचित्र कबड्डी कबड्डी हेर्न आएका एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले राम्रो चलचित्र प्रदर्शन गरेकोमा आयोजकलाई धन्यवाद दिए।unnamed-53