जनसम्पर्क समिति स्पेनको बैठकले गरेका निर्णयहरु


नेपाली जनसम्पर्क समिति स्पेनको नियमित बैठक २ जनबरी २०१६ का सस्थाका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा बार्सिलोनामा सम्पन्न भयो | बिगत केहि समय देखि उत्पन्न भएको असमझदारी लाई आजको बैठकले अन्त्य गरेको छ |सांगठनिक निर्णय तथा प्रक्रियामा केहि मदभेद देखापरे पनि अन्तत संगठनको हित र जन भावना अनुरुप सहमति राख्ने तथा असहमति राख्ने बिच ब्यापक छलफल पश्चात सहमति बनेको हो |

समितिको बैठकले सहजीकरण गर्नका लागि पूर्ब अध्यक्षहरु चिन्तामणि सापकोटाको संयोजकत्वमा पुष्प राज भण्डारी र एकराज गिरीलाई तोकेको थियो । बैठकले जनबरीको दोस्रो सातामा सस्थाको साधारण सभा गर्ने निर्णयको गर्दै तयारीको जिम्मेवारी रोशन गुरुङ र सन्तोष श्रेष्ठलाई समेत तोकेको छ भने बिगतमा फरक मत राखेका साथिहरुको अनुपस्थितीमा भए गरेका निर्णय समेत छलफल पश्चात आजको पूर्ण बैठकले अनुमोदन गरेको छ।

साथै स्पेनको बदलिएको बिदेशी नागरिकहरुका लागि नियम हरुलाई नेपाली जनसमुदायमा संचारित गर्न र अन्य कानुनि परामर्श गर्नका लाइ यहि शुक्रबार निम्न स्थान र मितिमा वकिल संग परामर्श कार्यक्रम गर्ने निर्णय गरेको छ |
अन्तकृया कार्यक्रमको सम्पर्क का लागि – शालिकराम डुम्रे ६६६१९४६१९ , बिष्णु रिजाल ६०९३१८४७८ ,इन्द्र शर्मा ६९२७२९७१० सन्तोष श्रेष्ठ ६३२१९२०८० ,सन्दिपमोहन भट्टराइ ६३१ ४६११७२
स्थान – 8 jan 2016 , 4.30 बजे शुक्रबार
C/ GRASSOT 84-86
METRO -L4 Jonic ,Traveserra de gracia con grassot

जन सम्पर्क समिति ,स्पेन

नोट :- प्राप्त निर्णयहरु जस्ताको तस्तै सार्बजनिक गरिएको हो।