एनआरएन कतारको अध्यक्षमा तामाङ् बिजयी, ४० मतले भट्टराई पराजित (नजिता सहित)


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा ७ सय ४७ मत प्राप्त गर्दै बिनेश तामाङ् बिजयी भएका छन्। निकटम प्रतिस्पर्धी अर्जुन कुमार भट्टराईलाई ४० मतको झिनो अन्तरले हराउँदै तामाङ् बिजयी भएका हुन्। अध्यक्षका निकटम प्रतिस्पर्धी भट्टराईले ७ सय ७ मत प्राप्त गरेका छन्। यस्तै अध्यक्षका अन्य उम्मेद्वारहरु मो.शाकीर अलिले ६२ मत र बिल बहादुर गुरुङ्ले ५१ मत प्राप्त गरेका छन्।

शुक्रबार नेपाली दुतावासमा सम्पन्न निर्बाचनबाट अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा हंसराज ढकाल क्षेत्रीले ८ सय ३१ र बिनोद भट्टराइले ८ सय ५९ मत पाएर बिजयी भएका छन्। यस्तै संघको प्रथम उपाध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल ७ सय ७० मतले निर्बाचित बने भने द्धितिय उपाध्यक्षमा प्रविन गुरुङ्ग यस अघि नै निर्बिरोध बनेका थिए। कार्यसमितिको महासचिवमा ई.नन्द प्रसाद र्गबुजाले ८ सय ६५ , सचिव पदमा उत्तीम कुमार शाहले ७ सय ३४ र कोषाध्यक्षमा भेषराज पराजुलीले ७ सय ६४ मत पाएर विजयी भएका छन ।

यस्तै महिला संयोजकमा संगिता थिङ्ग निर्बिरोध निर्वाचित भएका छिन् । युवा संयोजकमा लिल बहादुर जिसी र महिला सदस्यमा मिना खड्का निर्वाचित भएका छन । खुल्ला सदस्यमा भुपती भट्टराई , भिमबहादुर थापा , माईला वाईवा , भिम बहादुर तरामु मगर , महबुब आलम र शक्ती क्षेत्रीे निर्वाचित भए ।

विकास क्षेत्र अन्तरगत पुर्वाञ्चल सदस्यमा तेज कटुवाल, मध्यमाञ्चल सदस्यमा मोहम्मद रहमत हुसेन , पश्चिमाञ्चल सदस्यमा ठाकुर कुमार दमाई दर्जी मध्यपश्मिाञ्चल सदस्यमा मान बहादुर केसी साथै सुदुरपश्चिमाञ्चल सदस्यमा कृष्ण कुमार आयर निर्वाचित भए । समुदाय अन्तरगत मुस्लिम समुदायबाट महोम्द इसराल कवारी र मोहम्मद आयुव साथै तराईरमधेश समुदायमा चन्द्रदेव यादब र महेश्वर मंडल निर्वाचित भएका छन । आदिवासी जनजाती सदस्यमा राजु मर्हजन र खिम बहादुर राना मगर , दलित सदस्यमा प्रकाश परियार र प्रेम बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका हुन ।

महाअधिवेशन सम्पन्न भईसकेको ४ महिना पछी कतारमा एनआरएनएको निर्वाचन भएको हो ।निर्बाचनमा १हजार ७ सय १४ जना पंजिकृत सदस्यहरुले मतदान गरेका थिए।

पुरा नजिता हेर्नुहोस्।

Screen Shot 2015-12-26 at 12.18.52Screen Shot 2015-12-26 at 12.19.29Screen Shot 2015-12-26 at 12.19.37